Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पारस खड्का उपचारको लागि दिल्लीमा

काठमाडौं, नेपाली राष्ट्रि क्रिकेट टोलीका कप्तान पारस खड्का उपचारका लागि सोमबार भारतको दिल्ली गएको प्रशिक्षक जगत टमटाले बताए।

दुई साता अघि आन्द्रामा समस्या देखिएपछि पारस नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए।

५ दिनपछि उनी अस्पतालबाट डिस्चार्ज भएका थिए। थप उपचारका लागि उनी भारत गएको खबर आजको कान्तिपुर दैनिकमा छ।

टमाटाका अनुसार पारसले शनिबार काठमाडौं फर्कने जनाएका छन्।

कीर्तिपुर मैदानमा चलिरहेको छनोट प्रतियोगितामा पारसको अनुपस्थितिमा टिम ‘ए’ को कप्तानी मन्जित श्रेष्ठले गरेका छन्।





Comments

comments

Leave a Reply

11628