Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

भिषणको धराने सोल्टिनीसंग विशाल

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –
काठमाडौं । रंग पत्रकार विशाल राई पछिल्लो समय धराने सोल्टिनीसँ देखिएका छन्।

गायिका तायाहाङ्मा राईको ‘कोई छ’ गीतको म्युजिक भिडियोमार्फत मोडलिङमा देखिएका विशालले हालै गायक भिषण राईको ‘धराने सोल्टिनी’ बोलको गीतमा मोडलिङ गरेका छन्।

यो उनको दोस्रो म्युजिक भिडियो हो।

‘कोई छ’ गीतको भिडियो दर्शक/श्रोताले निकै रुचाएका थिए। त्यसपछि मोडलिङमा हौसिएका विशालले भने, ‘रंग पत्रकारितासँगै अब मोडलिङलाई पनि अँगाल्ने छु।’ उनले ‘धराने सोल्टिनी’ गीतको म्युजिक भिडियोमा सक्दो राम्रो काम गर्ने प्रयास गरेको बताए।

यो भिडियो धरान आसपासमा छायांकन गरिएको छ। भिडियोमा विशालको साथमा मोडल रेखा फागो लिम्बुले मोडलिङ गरेकी छन्।

भिडियोमा विशाल र रेखाको केमेस्ट्री निकै सुहाएको छ। उदय पुन मगरको निर्देशन रहेको यस म्युजिक भिडियोलाई पुराना सिनेम्याटोग्राफर युवराज राईले खिचेका हुन्।

नेपाली नयाँ वर्षको अवसरमा रिलिज गरिने गायक भिषणको यस गीतमा ओमप्रकाश राईको संगीत छ भने तारा राईको शब्द रहेको छ।





Comments

comments

Leave a Reply

11622