तेस्रो मिग्मी मेगामोडल अनुज्ञालाई थाइल्याण्ड भ्रमणको अवसर

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –
इमेज च्यानलले आयोजना गरेको यस वर्षको मिग्मी मेगामोडल सिजन–३ को उपाधि अनुज्ञा चन्दले हात पारेकी छन्।

काठमाडौंको लाजिम्पाटस्थित होटल सांग्रिलामा शुक्रबार सम्पन्न फाइनलमा फस्ट रनर अपको उपाधि निकिता महतले चुमेकी छिन् भने सेकेण्ड रनर अपको उपाधि शिक्षा शाक्यले पाउन सफल भइन्।

विभिन्न चरण पार गर्दै निर्णायक मण्डलबाट अन्तिम प्रतिस्पर्धामा छानिएका ६ जना मोडलबाट अन्तिम प्रतिस्पर्धा गराइएको थियो।

जसमा चन्द यस वर्षको मेगा मोडल हुन सफल भएकी हुन् भने मोस्ट स्टाय्लिस्ट सलिना गुरुङ, फोटोजेनिक शिक्षा शाक्य र बेस्ट वाक निकिता महत घोषित भईन्।

पहिलो भएकी चन्दले दुई लाख रुपैयाँ नगदसहित थाइल्याण्ड भ्रमणको अवसर पाएकी छिन्।

कोरियोग्राफर तथा मोडेल प्रशान्त ताम्राकार, फोटोग्राफर किशोर कायस्थ प्रमुख निर्णायक रहेको कार्यकर्ममा धरान, पोखरा र काठमाडौंमा अडिशन गरेर छानिएका युवतीहरुबाट बिभिन्न चरण पार गर्दै फाईनलमा ६ जना प्रतिस्पर्धामा आएका थिए।





Comments

comments

Leave a Reply

11616