Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
नेपाल आईपुगे राजकुमार ‘ह्यारी’ – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपाल आईपुगे राजकुमार ‘ह्यारी’

काठमाडौँ, बेलायतका राजकुमार हेनरी चार्ल्स अल्वर्ट डेभिड ‘ह्यारी’ नेपालको औपचारिक पाँचदिने भ्रमणका लागि शनिवार नेपाल आइपुगेका छन्।

उनी कतार एयरवेजको जहाज क्युआर ६४६ जहाजमार्फत दिउँसो २ बजेर ४० मिनेटमा काठमाडौंमा अवतरण गरेका हुन्।

उनको टोलीमा बेलायती विदेश राज्यमन्त्री ह्युगो स्वायर तथा बेलायती सञ्चारमाध्यमका पत्रकार गरी ३० जनाभन्दा बढी छन्।

नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पुगेको अवसर पारेर पारस्परिक सम्बन्धका दुई शताब्दीलाई चिरस्मरणीय तुल्याउन बेलायतकी महारानीका प्रतिनिधिका रूपमा राजकुमार ह्यारीबाट पहिलो पटक नेपाल भ्रमण भएको हो।

प्रधानमन्त्री केपी शर्मा ओली र राजकुमार ह्यारीका बीचमा शनिबार नै शिष्टाचार भेटघाटको कार्यक्रम तय भएको प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीसँग राजकुमार ह्यारीले राष्ट्रपति कार्यालय शीतल निवासमा आइतबार शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

यसपछि राजकुमार ह्यारी गत वैशाख महिनामा नेपालमा गएको विनाशकारी भूकम्पले क्षति पुर्याएका ललितपुर र भक्तपुरका स्थलको भ्रमणमा निस्कने छन्। यसक्रममा उहाँले विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पाटन दरबार स्क्वायरमा अवस्थित ऐतिहासिक तथा पुरातात्विक स्थलमा भएको क्षतिको अवलोकन गरी जानकारी लिनेछन्। साथै उनले नागबहालस्थित ‘गोल्डेन टेम्पल’को अवलोकनसमेत गर्नेछन्।

सोही दिन राजकुमार भक्तपुर जानु भई भूकम्पपीडित समूदायसँग उनीहरुका भोग्नुपरेका दुःख र व्यथाहरु सुन्नुहुने र सहानुभूति प्रकट गर्ने कार्यक्रम तय गरिएको छ। त्यहाँ अवस्थित विपद्का समयमा वितरण गरिने आकस्मिक राहत सामग्रीका बारेमा पनि जानकारी लिनेछन्।

पर्वतीय पदयात्रामा सौखिन ३२ वर्षीय राजकुमार ह्यारी सुन्दर पर्यटकीय नगरी पोखराको प्राकृतिक दृश्यावलोकन गर्न त्यसतर्फ जानुहुने यहाँस्थित बेलायती दूतावासले जनाएको छ। त्यहाँ रहँदा उहाँले वीरता र पराक्रममा ख्याति कमाएका गोर्खा सैनिकका परिवारजनसित भलाकुसारी गर्नेछन्।

साथै गोर्खा सैनिक कल्याणकारी कोषले भूकम्पले क्षति पु याएका संरचना निर्माणसम्बन्धी जानकारीसमेत लिनुहुनेछ। ‘जहाँ गोर्खा सैनिक छन् त्यहाँ सुरक्षाको कुनै चिन्ता छैन’ भनेर गोर्खा सैनिकको बहादुरी र इमान्दारिताको राजकुमारबाट उच्च प्रशंसा हुँदै आएको छ।

पोखरा बसाइँमा स्थानीय समुदायबाट प्रदर्शित हुने लोकसंस्कृतिको राजकुमारले प्रत्यक्ष रुपमै रसस्वादन गर्नुहुनेछ। साथै उहाँले सूर्योदय तथा सूर्यास्तको मनमोहक दृश्यावलोकनसमेत आनन्द लिनुहुनेछ। साथै सोही दिन राजकुमार बर्दिया राष्ट्रिय निकुञ्ज जानुभई यसको अवलोकन गर्नुहुनेछ।त्यहाँ अवस्थित खौराहा नदीमा जलयात्रामा सरिक हुनुहुनेछ।

भ्रमणका क्रममा राजकुमारबाट नेपालमा पहिलो पटक आयोजना हुन लागेको बालिका सम्मेलनमा सहभागी हुनेछन्। संयुक्त राष्ट्र सङ्घीय बालकोष (युनिसेफ), बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग (डिएफआइडी)को आर्थिक एवम् प्राविधिक सहयोगमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले सो सम्मेलन आयोजना गर्न लागेको हो।

राजकुमारले सोही दिन कान्ति बाल अस्पताल जानुभई यसका बारेमा जानकारी लिनेछन्। साथै सानोठिमी प्राविधिक विद्यालय जानुभई प्राविधिक शिक्षाका बारेमा जानकारीसमेत लिनेछन्।

सन् १८५२ मा प्रधानमन्त्री जङ्गबहादुर राणाबाट प्रारम्भ भएको उच्चस्तरीय नेपाल बेलायत भ्रमण आदानप्रदानले दुईदेशबीचको सम्बन्धलाई थप सुदृढ तुल्याउँदै आएको छ। हालसम्म नेपालबाट बेलायतको उच्चस्तरीय भ्रमणले पनि निरन्तरता पाउँदै आएको छ।

बेलायतकी महारानी एलिजाबेथबाट सन् १९६१ र १९८६ मा दुई पटक नेपालको भ्रमण भयो भने युवराज चार्ल्स , युवराज्ञी डायना, राजकुमार फिलिपले नेपालको यात्रा गरिसकेका छन्। (रासस)





Comments

comments

Leave a Reply

11652