Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

यो भन्दा ठूलो दुर्भाग्य अरू के होला?

बाढीपहिरोपीडितहरु राहत नपाएर गाँस र बासको अभावमा विचल्लीमा छन्। तर दैवी प्रकोप पीडितका नाममा संकलित करिव ८२ करोड रुपैयाँ केन्द्रमा थन्किएको छ।

वितरण संजाल प्रभावकारी नहुदाँ विभिन्न क्षेत्रबाट संकलित रकम पीडितसम्म नपुगेको समाचार आजको नयाँ पत्रिका दैनिकमा छ। जिल्ला दैवी प्रकोप उद्धार समितिले विवतरण नपठाउँदा थप राहत रकम नपठाउन नसकिएको गृह मन्त्रालयका अधिकारीहरुको भनाइ छ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष संयोजक रहने प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल ५८ करोड ९३ लाख ८५ हजार एक रुपैयाँ छ। केन्द्रीय दैवी प्रकोप उद्धार कोषमा २३ करोड छ। जिल्ला प्रशासन र सिंहदरबार संवेदनशिल नहुदाँ खातामा मात्र रकम थन्किएको छ।





Comments

comments

1172