धरानको प्याराग्लाइडिङ च्याम्पियनसीपको उपाधि पोखराका पाइलट विजय गौतमलाई

सन्तोष काफ्ले / एचकेनेपाल डट कम –
सुनसरी धरान, ८ चैत्र। पूर्वी नेपालमा पहिलो पटक आयोजित राष्ट्रिय प्याराग्लाइडिङ एकुरेसी च्याम्पियनसीपको उपाधि पोखराका पाइलट विजय गौतमले हात पारेका छन्।

पोखराका पाइलट विजय गौतमले ४.५ अंक बनाउदै ४० जना प्रतिस्पर्धीलाई पछाडि पारेर उपाधि हात पारेका हुन्।

उनले २५ हजार नगद, पमाणपत्र र ट्रफी हात पारे ।

५.७ अंक बनाउदै सागर दवाडी दोस्रो भए। उनले नगद १५ हजार मेडल र ट्रफि पाएका छन्।

यता ७ .९ अंक बनाउदै गौरव ठटेल तृतीय भएका छन्। उनले १० हजार नगदसहित, प्रमाणत्र, ट्रफी पाप्त गरेका थिए।

विजेता, उपविजेता र तृतीय हुनेलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव विष्ट, नेपाल प्याग्लाइडिङ संघका केन्द्रीय अध्यक्ष रुप नारायण श्रेष्ठ र एक्सट्रिम धरानका अध्यक्ष लेखमणी जिमीले पुरस्कार वितरण गर्नुभएको थियो।

राष्ट्रिय प्याराग्लाइडिङ एण्ड ह्याङग्लाइडिङ एसोसिएसनको आयोजना र एक्स्ट्रीम धरानको संयोजन तथा व्यवस्थापनमा भएको प्रतियोगितामा धरान २४ स्थित चिण्डेडाडाबाट उडान गरी धरान १७ एयरपोर्ट ग्राउन्डमा ल्यान्डिङ गराइएको थियो।

ल्याण्डिङको आधारमा विजय घोषणा गरिएको थियो। प्रतियोगितामा नेपाली र विदेशी गरी ४० जना चालकले प्रतिष्पर्धा गरे पनि सहभागिता भने ६० जनाले जनाएका थिए।

कार्यक्रममा प्रमुख अतिथि रहेका राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव विष्ट पूर्वी नेपाललाई अव साहसी खेल पर्यकटीय क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिनु भएको छ।

साहसी खेलको रुपमा परिचित प्याग्लाइडिङलाई नेपालमा विकास गरेर लाग्नुपर्नेमा जोड दिदै नेपाल प्याग्लाडिङ संघले पहल गरेमा आगामी साप गेममा यसलाई समावेश गर्ने समेत बताउनुभयो।

उहाँले विगतमा धरानलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा परिचित गराइएकोमा अब भने साहसिक खेलको माध्यमबाट धरानलाई विश्वमा चिनाउन मद्धत पुग्ने बताउदै सम्भावना बोकेका अन्य स्थानमा समेत यस्ता साहसिक खेलको प्रवद्र्धनका लागि राष्ट्रिय खेलकुद परिषदले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। उहाले यसपटक राष्ट्रिय स्तरको प्रतियोगिता भएपनि आगामी दिनमा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता बनाउन धरान लगायत पूर्वाञ्चलका सम्पूर्ण खेलप्रेमी, पर्यटन सम्बन्धी काम गर्ने संघ संस्था, व्यक्तिलाई आग्रह समेत गर्नुभयो।

उहाँले नेपाललाई अब आफ्नै श्रम, सीप र परिश्रमले चिनाउने बेला आएको भन्दै धरानले पहिलोपटक आयोजना भएको साहसिक खेल प्रतियोगिताले सनंसारमै नयाँ सन्देश दिन सफल भएको स्पष्ट पार्नुभयो।





Comments

comments

Leave a Reply

11765