Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

‘नाई नभन्नु ल–४’ अप्रिल ८ देखि नेपाल, अमेरिका र अष्ट्रेलियामा

विष्णु नेउपाने / एचकेनेपाल डट कम –
टेक्सस (अमेरिका)– टेक्सासका नेपाली व्यबसायी हरिबोल भण्डारीको लगानी रहेको नेपाली चलचित्र ‘नाई नभन्नु ल–४’ अमेरिकामा अप्रिल ८ देखि प्रदर्शनमा आउने भएको छ।

पछिल्ला चलचित्रहरुको व्यापक सफलतापछि ‘नाई नभन्नु ल–४’ नेपाल, अमेरिका र अष्ट्रेलियामा एकैसाथ प्रदर्शनमा आउन लागेको चलचित्रका निर्देशक विकास आचार्यले जानकारी दिनुभयो। अष्ट्रेलियाका ८ शहरहरुमा एकैसाथ यो चलचित्र प्रदर्शनमा आउने भएको छ।

यो चलचित्रमा टेक्सासका नेपाली प्रतिष्ठित व्यबसायी हरिबोल भण्डारी र अष्ट्रेलियाका दिनेश पोखरेलले लगानी गरेका छन्।

अमेरिकाको ड्यालसबाट प्रदर्शन गर्न लागिएको यो चलचित्र अन्य शहरहरुमा प्रदर्शनका लागि हरिबोल भण्डारी (५६१-३१९-६३५६), विकासराज न्यौपाने (२१४-३००-५५८६), शैलेश आचार्य (५०८-५१४-९६२७) र डिजे मम (२१४-९९१-९१९५ -बिपिन थकाली) सँग सम्पर्क गर्नु पर्नेछ।

नाई न भन्नु ल ४ का छायांकित गीतहरू र केही झलकहरु प्रचारमा आइसकेका छन् र अत्यधिक प्रशंसा पाइरहेका छन्।

बसन्त सापकोटाको संगीत, पुरुषोत्तम प्रधानको छायांकन रहेको यो चलचित्रको लेखन भने निर्देशक आचार्यले सामिप्यराज तिमिल्सिनासँग मिलेर गर्नुभएको हो।

यो चलचित्रमा प्रियंका कार्की, सरोज खनाल, पल शाह, वर्षा राउत, आँचल शर्मा र बालकलाकार अनुभव रेग्मी लगायतका कलाकारले अभिनय गरेका छन्।

प्रोमो भिडियो https://www.youtube.com/watch?v=NNBwDZFDkgo





Comments

comments

Leave a Reply

11777