कोलोराडोमा विश्व शान्तिका महानायक गौतम बुद्धको २६४८ औं जयन्तीको भब्यताकासाथ मनाइयो

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –

कोलोराडो, अमेरीका। विश्व शान्तिका महानायक नेपालका राष्टिय विभूति शाक्यमुनी गौतम बुद्धको २६४८ औं जयन्तीको अवसरमा कोलोराडोको सेन्टेनियल सिटीमा बौद्ध सभा समारोहको आयोजना गरी भब्यताकासाथ मनाइएको छ।

लामागुरू लोप्पोन रिन्पोछेज्यूबाट बुद्ध पूजा र प्रवचनबाट शुरू गरिएको कार्यक्रममा गुरूबाट सामूहिक रूपमा समता ध्यानको अभ्यास गराइएको थियो । कार्यक्रममा बुद्ध जीवनी सम्बन्धी बनाइएको वृत्तचित्र, नास डेलि यूट्यूबरले तयार गरेको “I spent one month studying Buddhism” र प्रायुश श्रेष्ठले फोटो तथा स्लाइड शोमार्फत आफूले नेपालमा बिताएको श्रामणेर जीवनको अनुभव बॉंडेका थिए। त्यसै गरी जनकवि दुर्गालाल श्रेष्ठको रचना, न्ह्यू बज्राचार्यको संगीत तथा आनी छोइङ डोल्माले गाएको चर्चित गीत “फूलको आँखामा फूलै संसार, कॉंडाको आँखामा कॉंडै संसार” लाई सरू लामाले गाएर मनोरञ्जन प्रदान गरेकी थिइन्।

कोलोराडोमा रहेका नेपाली घरका अध्यक्ष जगदीशचन्द्र ढकाल, रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालका अध्यक्ष अर्जुन बगाले, तमु धिं कोलोराडोका अध्यक्ष चन्द्रमान गुरुङ, मगर समाज कोलोराडोका अध्यक्ष कृष्ण थापा मगर, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका केन्द्रिय सदस्य निमा शेर्पा, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका अध्यक्ष कृष्णमुरारी ढुंगेल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष ज्ञानेन्द्र गदाल, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कोलोराडो च्याप्टरका सल्लाहकार दीपक सुनुवार, ब्लड डोनर्स अफ अमेरिका कोलोराडो च्याप्टरका अध्यक्ष शारदा काफ्ले त्रिपाठी, गीतकार बिर्ख गुरुङ लगायत नेपाली तथा गैरनेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो।

बौद्ध समाज कोलोराडोको आयोजनामा भएको कार्यक्रममा समाजका अध्यक्ष तथा बुद्ध जयन्ती समारोहका सभापति श्यामकुमार श्रेष्ठले कार्यक्रमको अन्तमा सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए। विनिशा श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा समापनपछि स्वादिष्ट खानाको व्यवस्था गरिएको थियो।





Comments

comments

117694