सडक दुर्घटनामा हङकङका ट्रक चालकको मृत्यु

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २८ मे। सान टिन राजमार्गमा मंगलबार फोहोर बोक्ने ट्रकले ओभरहेड साइनेजलाई ठक्कर दिएर सडक दुर्घटनामा परेपछि ६७ वर्षीय चालकको मृत्यु भएको छ।

दिउँसो करिब १ बजे गाडी राजमार्गबाट सेउङ शुईतर्फ जाँदै गर्दा दुर्घटना भएको स्थानीय मिडियाले जनाएको छ।

वु उपनाम गरेका चालकले ट्रकको नियन्त्रण गुमाएर मोटरवे ग्यान्ट्री चिन्हहरूमा ठोक्किएका थिए।

वेहोशी अवस्थामा फसेका वुलाई नर्थ डिस्ट्रिक अस्पताल लगिएको थियो। जहाँ उनको चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।





Comments

comments

117689