नेपाली घरको निर्वाचन सम्पन्न

नातिबाबु भट्ट –

कोलोराडो अमेरीका, कोलोराडोमा सक्रिय सामाजिक संस्था नेपाली घरको आगामी कार्यकालको लागि नयां कार्यसमितिका पदाधिकारी निर्वाचन प्रकृया सम्पन्न भएको छ।

डा.संगीता श्रोत्रियाको संयोजकत्वमा भुषणलाल श्रेष्ठ र कपिलदेव सुबेदी सदस्य रहेको तीन सदस्यीय निर्वाचन समितिले आगामी २ बर्षे कार्यकाल ( २०२४-२०२६) का लागि नया कार्यसमितिका पदाधिकारीहरू र बोर्ड सदस्यहरुको निर्वाचन प्रकृया सम्पन्न गरेको हो।

निर्वाचन समितिबाट प्रकाशित सूचना अनुसार अध्यक्ष पदका लागि उम्मेदवारी दिनु भएको मघ्ये एक जना उम्मेदवारले निर्वाचन समितिले निर्धारण गरेको कार्यविधि समयमै पूरा गर्न नसक्नु भएकोले उहाँको उम्मेदवारी हटाउने निर्णय गरेको, महिला प्रतिनिधि पदमा उम्मेदवार दिनुहुनेको नेपाली घरको सदस्यता नभएको हुँदा उहाँको नाम हटाइएको, विद्यार्थी प्रतिनिधि पदमा उम्मेदवारी नै नपरेको, बोर्ड अफ डिरेक्टर पदका लागि उम्मेदवारी दिनुभएका एकजना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको कारण कुनै पनि पदमा एक भन्दा बढ़ी उम्मेदवार नरहेकाले पदाधिकारी र बोर्ड सदस्यहरु निर्बिरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

यसरी निर्वाचित हुने पदाधिकारीहरुमा अध्यक्ष बसन्त लम्साल, उपाध्यक्षहरुमा गंगा चौलागाइ, कृष्ण काफ्ले, सुनीता थापा, महासचिव भोला कटुवाल, कोषाध्यक्ष राजु खनाल, पब्लिक रिलेसन अफिसर शैलेन्द्र श्रेष्ठ, कम्युनिकेशन अफिसर अनिल बुढाथाेकी, कल्चर तथा ईभेन्ट अफिसरमा दिनेशकुमार कार्की, रिसोर्स तथा फेसीलीटी अफिसर पुस्कर बस्नेत र टेक्नोलोजी अफिसर आदित्य चौलागाइ रहेका छन्।

त्यसैगरी बोर्डअफ डिरेक्टरहरुमा दिनेश थापा, पुर्णिमा बिष्ट, बिष्टनारायण श्रेष्ठ, बिभा निरौला, जीत घिमीरे, संगीता डांगी खत्री, श्याम पन्त, चन्द्रकान्त अधिकारी, सृष्टी उप्रेती र बम कुवर निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।





Comments

comments

117947