Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

यूके नेपाली च्याप्टरबाट दुई कृति विमोचित

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं। नेपाल साहित्य विकास परिषद् यूके नेपाल च्याप्टरबाट कवि उपन्यासकार हरिसिँह थापाका ‘करेसाको फूल’ कविता सङ्ग्रह र ‘उत्तराखण्ड चारधाम’ यात्रा अनुभवका दुई कृति नेपाल प्रज्ञा प्रतिष्ठानमा राष्ट्रकवि माधव घिमिरेबाट विमोचित भएको छ।

विमोचित मन्तव्यमा राष्ट्रकवि घिमिरेले विदेशमा बसेर पनि देशप्रति माया गरेर हरिसिँह थापाले नेपाली साहित्यमा ठूलो गुन लाउनु भएको छ भन्नुभयो। प्रसिद्घ समालोचक गोविन्द भट्टराईले हरिसिँह थापाले लेखेर र नेपाली साहित्य विकास परिषद्जस्ता साहित्यिक संस्थामा रहेर अतुलनीय योगदान गरेको कुरा बताउनु भयो।

समारोहमा नेपाली साहित्य विकास परिषद् यूकेका संस्थापक सुरेशजङ्ग शाह र कवि गोपाल पराजुलीले हरिसिँह थापाको बहुआयामिक व्यक्तित्वमा प्रकाश पार्नुभयो भने स्रष्टा हरिसिँह थापाले देशको सम्झना साहित्य सिर्जनाबाट गर्दा अनुपम हुँदो रहेछ भन्दै आफ्ना कृतिमाथि परिचय प्रस्तुत गर्नुभएको थियो।

युवा समालोचक मुक्ति घिमिरे र कवि तथा भाषाशास्त्री मुकुन्दशरण उपाध्यायले कृतिमाथि विशद समीक्षा गर्नुभयो। उक्त समारोहमा साहित्यकार इल्या भट्टराई र पत्रकार हरिशरण लामिछाने र मनोहरि थापाले पनि बोल्नु भएको थियो।





Comments

comments

1180