पूर्वीनेपालको पर्यटनलाई राज्यले किन उपेक्षा गर्यो?

सन्तोष काफ्ले / एचकेनेपाल डट कम –
धरान चैत्र १९ । पूर्वीनेपालमा पर्यटनका प्रशस्तै संभावना हुंदाहुंदै पनि राज्यले उपेक्षा गरेका कारण यस क्षेत्रको पर्यटनको विकास नभएको सरोकारवालाहरुले आरोप लगाएका छन्।


पत्रकारीताको क्षेत्रवाट पूर्वको पर्यटन प्रर्बद्धन योगदान पुर्याएवापत पत्रकार गोपाल दाहाललाई सम्मान गर्दै सेछ ट्राभलिङका प्रबन्ध निर्देशक एलिना मगर र नेपाल पर्यटन वोडका कार्यकारी निर्देशक दिपकराज जोशी। सन्तोष काफ्ले धरान

पूर्वमै पहिलो पटक प्याकेज टुरको सुरुवात गरेको छेस ट्राभलिङको चौथो बार्षिक उत्सव कार्यक्रम बोल्ने अधिकांश पर्यटन व्यवसायीहरुले यस्तो आरोप लगाएका हुन्।

नेपाल सरकार , पर्यटन वोर्डसंगै स्थानीय निकायहरुले समेत पूर्वको पर्यटन प्रर्वद्धनमा खासै लगानी नगरेको उनीहरुको भनाई थियो।

पर्यटन व्यवसायी तथा विराट पर्यटन प्रवर्द्धन समितिका सदस्य रविन गौतमले राज्यले विभिन्न नाममा संस्थाहरु खोले पनि प्रयाप्त वजेट भने नहुदा काम नहुने गरेको वताए।

नेपालको सम्वृद्धिमा पर्यटनको मुख्य भूमिका रहेका उल्लेख गर्दै गौतमले राज्यले त्यसको विकास , विकास र प्रर्वद्धन ज्यादै न्युन वजेट विनियोजन गर्ने गरेको कारण पर्यटन वोर्डलगायतका पर्यटनसंग सम्बन्धित सरकारी नियालले काम गर्न नसकेको धारण राखे।

सुनसरी उद्योग बाणिज्य संघका अध्यक्ष सरोज श्रेष्ठले राज्यले पूर्वलाई सौतेनी व्यवहार गर्ने गरेको आरोप लगाउदै काठमाडौ पोखरा र चितवन मात्र नेपाल देख्ने गरेको वताए।

उनले पूर्वी नेपाल तथा १ नम्बर प्रदेशमा सर्वोच्च शिखर सगरमाथादेखि विश्वकै होचो स्थान केचनासंगै प्रशस्त पर्यटकीय क्षेत्रहरु हुदा हुदै पनि राज्यको ध्यान जान नसकेको वताए। उनले प्रदेश नम्बर १ लाई छुट्टै प्याकेज बनाएर यसको प्रचार प्रसार गर्नु पर्नेमा जोड दिए।

धरान उपमहानगरपालिकाका कार्यकार्य अधिकृत टिकादत्त राईले राज्यका निकायहरुले पर्यटन प्रबर्द्धन सोचे अनुरुपकाम गर्न नसकेका स्वीकार गरे।

पूर्वसगै धरान पर्यटनको राम्रो संभावना रहे पनि आफूहरुले पर्यटनको क्षेत्रमा काम गर्न नसकेको उनको स्विकारोक्ति थियो । तर उनले धरानको पर्यटन विकासको लागि रणनीतिक योजना बनाउन उपमहानगर पालिका लागि परेका जानकारी दिए।

कार्यक्रमका प्रमुख अतिथिका रुपमा रहेको नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी निर्देशक दिपकराज जोशीले पर्यटनको लागि राइट प्रोडक्ट,लोकेशन ,राइट टाइम र राइट मार्केटिङ आवश्यक पर्ने वताउदै नेपालमा सबै भए पनि मार्केटिङको अभावमा पर्यटनको विकास केही पछि परेको वताए।

पर्यटन वोर्ड नेपालको पर्यटकीय क्षेत्रका विकास तथा प्रचार प्रसार सधै लागि परिरहेको दावी गर्दै निर्देशक जोशीले पर्यटनको विकासमा मुख्य भूमिका निजि क्षेत्रको हुने वताए।

उनले पर्यटन व्ययवसाय भएको वताउदै यसको विकासमा राज्यले भन्दा पनि निजि क्षेत्रलेनै गर्नु पर्नैमा जोड दिए।

राज्यले शिक्षा स्वास्थ्यमा जस्तो पर्यटनमा लगानी गर्न नसक्ने वताउदै व्ययसायमा निजि क्षेत्रकै लगानी आवश्यक रहेको वताए।

केन्द्रमा आएका पर्यटकको मुख नताक्न आग्रह गर्दै पूर्वको लागि पूर्वमै तथा पश्चिमले पश्चिमै पर्यकटहरुको खोजी गर्नु पर्ने उनको भनाई थियो।

सो अवसरमा सेट ट्रभलिङले प्रत्येक प्रदान गर्दे आएको सेछ पर्यटन पत्रकारीता पुरस्कारवाट नागरिक शुक्रबारका पुरूवाञ्चल संवाददाता गोपाल दाहाललाई सम्मान गरिएको छ। दाहाललाई प्रमुख अतिथि जोशीसंगै ट्राभलिङका प्रवन्ध निर्देशक एलिना मगरले दोसल्ला अोढाएर नगद ७ हजार ५ सय र सम्मान पत्रसहित सम्मान गरेका थिए।





Comments

comments

Leave a Reply

11835