Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बालिका बधुकी ‘आनंदी’ प्रत्युषा बनर्जीद्वारा आत्महत्या

मुम्बई । भारतीय टेलिभिजनकी चर्चित कलाकार तथा बालिका बधुकी ‘आनंदी’ प्रत्युषा बनर्जीले आत्महत्या गरेकी छिन्।

भारतीय समाचारहरुका अनुसार २४ वर्षीय प्रत्युषाले आफ्नो गोरेगाउंस्थित घरमा घाँटीमा फाँसी लगाएर आत्महत्या गरेकी हुन्।

गम्भीर अवस्थामा कोकिलाबेन अम्बानी अस्पताल लगे पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

प्रत्युषाको यस्तो डरलाग्दो कदमको पछि उनको व्यक्तिगत जीवनमा चलिरहेको उतारचढाव कारक रहेको हुन सक्ने अनुमान गरिएको छ।

लामो समयदेखि उनी आफ्नो बोइफ्रेण्ड राहुल राजको विषयमा ज्यादा डिप्रेशनमा थिइन्।

राहुल राज र प्रत्युषा रिलेशनशिपमा थिए भने छिट्टै विवाह बन्धनमा बाँधिने तयारीमा थिए।

पछिल्लो समय सोनी एन्टरटेनमेन्टको शो पावर कपलमा उनीहरु दुबै संगै देखिएका थिए भने उनी रियालिटी शो झलक दिखला जाको सीजन ५ र बिग बोस सीजन ७ की प्रतियोगी समेत थिइन्।





Comments

comments

Leave a Reply

11842