हङकङको राष्ट्रिय गानको अपमान गरेको आरोपमा तीन जना पक्राउ

फाइल तस्विर

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ८ जुन। हङकङ प्रहरीले विश्वकप छनोट खेलअघि राष्ट्रिय गानको अपमान गर्ने तीन जनालाई पक्राउ गरेको जनाएको छ।

सन् २०२६ को विश्वकप छनोट खेलमा बिहीबार हङकङ र चीनले हङकङ स्टेडियममा इरानसँग खेल्दै थियो।

अफिसरहरूले भने कि राष्ट्रिय गान बज्दा १८ र ३१ वर्ष बीचका तीनजना व्यक्तिहरूले पिचतिर आफ्नो पिठ फर्काएका थिए।

स्थानीय मिडियाका अनुसार राष्ट्रिय गानको अपमान गरेको आरोपमा उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ।

राष्ट्रिय गान बजाउँदा गम्भीर भएर उभिनुपर्ने र अनादरपूर्ण व्यवहार नगर्ने भनी राष्ट्रिय गान अध्यादेश २०२० मा लागू भएको थियो।





Comments

comments

118587