श्रीमानलाई कुटपिट गर्ने हङकङकी महिला पक्राउ

फाइल तस्विर

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ८ जुन। श्रीमानलाई चोपर र फलफूल काट्ने चक्कुले प्रहार गरेको आरोपमा तुङ चुङकी ४१ वर्षीया महिलालाई प्रहरीले पक्राउ गरेको छ।

घटना शुक्रबार याट तुङ सडकको एक स्थानमा भएको थियो। अधिकारीहरू भन्छन् कि उनीहरूलाई राति १० बजेतिर ३६ वर्षीय पुरुषबाट रिपोर्ट प्राप्त भएको थियो। उनले आफ्नी श्रीमतीले आक्रमण गरेको बताए।

उनले पारिवारिक मामिलालाई लिएर झगडा गरिरहेको र आफूलाई धम्की समेत दिएको दाबी गरेको प्रहरीले जनाएको छ। उनको अनुहार र हातमा चोट लागेको छ।

प्रहरीले महिलालाई कुटपिट गरी शारीरिक हानी पुर्‍याएको र आपराधिक धम्की दिएको आरोपमा पक्राउ गरेको छ। उनी हिरासतमै छिन्।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

118746