भारी वर्षाका कारण फ्लोरिडामा आपतकाल घोषणा

काठमाडौँ , अमेरिकी राज्य फ्लोरिडामा भारी वर्षाका कारण आपतकाल घोषणा गरिएको छ।

फ्लोरिडाका गभर्नर रोन डेसेन्टिसले दक्षिण फ्लोरिडाका केही भागमा लगातार भारी वर्षा भएपछि राज्यका ब्रोवार्ड, कोलियर, ली, मियामी–डेड र सारासोटासहित केही काउन्टीमा आपतकालीन अवस्थाको घोषणा गरिएको बताए।

मियामीको राष्ट्रिय मौसम सेवाले हल्यान्डेल र हलिउडसहित ब्रोवार्ड र मियामी–डेड काउन्टीका केही भागमा बाढीका घर, कम्पनी र सडकहरूलाई क्षति गरेको बताएको छ।

ब्रोवार्ड र मियामी–डेड दुवै काउन्टीमा सात इन्चसम्म वर्षा भएको छ। फोर्ट लोडरडेल÷हलिउड क्षेत्रमा वर्षाको दर बुधवार १० सेन्टिमिटरसम्म पुगेको बताइएको छ। सारासोटामा पनि करिब १० सेन्टिमिटर वर्षा भएको छ।

अमेरिकामा सबैभन्दा लामो तटरेखा भएको फ्लोरिडा राज्य र मेक्सिको खाडी एटलान्टिक महासागर र फ्लोरिडा स्ट्रेटबीचको प्रायद्वीप हो। आफ्नो भौगोलिक स्थितिका कारण यस राज्यमा प्रत्येक वर्ष ठूलो वर्षा र आँधी आउने गरेको छ। रासस





Comments

comments

119139