बससँग ठोक्किएर गम्भीर घाइते भएका कार चालकको उपचारका क्रममा मृत्यु

चितवन, पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ फिस्लिङ बजार नजिकै शुक्रवार बिहान भएको सवारी दुर्घटनामा परी घाइते भएका कार चालकको मृत्यु भएको छ।

दुर्घटनामा कार चालक कास्कीको पोखरा महानगरपालिका–५ का ३५ वर्षीय समीर ओझाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बाँकेको नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको भे१ख ४०६० नम्बरको यात्रुबाहक बस र काठमाडौँबाट मुग्लिनतर्फ आइरहेको बागमती प्रदेश ०२–०२९च ३७२० नम्बरको कार एकापसमा ठोक्किएर उक्त दुर्घटना भएको थियो।

कारसँग ठोक्किएर बस त्रिशूलीको किनारमा खसेको थियो। बसमा सवार १३ जना घाइते छन्। उनीहरूमध्ये तीन जनाको अवस्था गम्भीर रहेको चितवन प्रहरीले जनाएको छ। रासस





Comments

comments

119184