तुलबहादुर श्रेष्ठलाई मिस्टर पूर्वाञ्चल खुल्ला क्षेत्रीय शारीरिक सुगठन प्रतियोगिताको उपाधि

सन्तोष काफ्ले / एचकेनेपाल डट कम –
धरान, २१ फाइनलिष्टलाई पछि पार्दै झापाका तुलबहादुर श्रेष्ठले सातौं मिस्टर पूर्वाञ्चल खुल्ला क्षेत्रीय शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन्।

धरान ८ स्थित सभागृहमा सम्पन्न प्रतियोगितामा ओभरअल राउण्डमा प्रथम हुदै शनिश्चरेस्थित ब्रदर एण्ड सिस्टर जिमका तुलबहादुर श्रेष्ठ मिस्टर पूर्वाञ्चल घोषित भएका हुन्।

७० केजी तौल समूहका श्रेष्ठले उपाधिसगै ट्रफी, मेडलसँगै नगद ६० हजारसंगै फिटनेश च्वाइस काठमाडौंबाट उनले २५ हजार बराबरको जगर मेशिन समेत हात पारे।

प्रतियोगितामा दूइपटका विजेता क्लब योरा दमकका विकास धिमालले दोस्रो हुद नगद ३० हजार पाए भने उनले मोष्ट मस्कुलर म्यान घोषित हुदै नगद ५ हजार पनि थापे।

धरान १५ स्थित एलाइनेट जिम हलद्धारा आयोजित प्रतियोगितामा सेन्चुरी जिम झापाका सुरेश राजवंशी तेस्रो हुदै नगद २० हजार पाए भने ग्रिन पिस फिटनेश दमकका छत्रबहादुर श्रेष्ठ चौथो हुदै नगद १५ हजार पाए।

९ बर्षीय प्रवचन कार्की र २०७० का मिस्टर पूर्वाञ्चल मनिष लिम्बुले शारिरीक सुगठनको पोज प्रर्दशन गरेका प्रतियोगितामा फिटनेश फ्याक्ट्री धरानका देवराज पराजुलीले नगद ५ हजारसहितको वेष्ट पोजर उपाधि पाए।

कार्यक्रममा धरानका पूर्व उपमेयर तथा समाजसेवी मिन सुब्बा र मिस एसएलसीकी फष्ट रनरअप नेहा श्रेष्ठलाई सम्मान गरिएको थियो।

विजेता खेलाडीहरुलाई आयोजक संस्थाका अध्यक्ष बिक्रम लिम्बु, प्रमुख अतिथि रहेका पूवाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटी, सुनसरी जिल्ला खेलकुदक विकास समितिका अध्यक्ष धनप्रसाद राई, बराह ज्वेलरी इष्ड्रष्ट्रिज प्रालिका गंगा कालिकोटेलगायतले पुरस्कार वितरण गरेका थिए।





Comments

comments

Leave a Reply

11920