हिन्दू मोर्चाले छोटो स्कर्ट प्रतिवन्ध लगाइने

विजय नेपाल / एचकेनेपाल डट कम –
पोखरा, देशमा बढ्दै गएको भ्रष्टाचार, नारी हिंसा, धर्म परिवर्तन, असुरक्षा साथै भूकम्पपीडित जनतामाथि सरकारको ढुलमुले प्रकृतिप्रति हिन्दू मोर्चा नेपालले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

भूकम्प गएको १ वर्ष बितिसक्दा र अर्को वर्षायाम आउनै लागि सक्दासमेत भूकम्पपीडित जनतालई उचित आवासको व्यवस्था नगर्नु पुनःनिर्माण समितिका स्थानीय प्रतिनिधिहरुले पीडितका व्यवहारिकता नबुझी कानुनी र कितावी कुरालाई आधार मान्नु र सरकार सत्तामा टिकीरहन साना दलहरुको माखेसाँग्लोमा फस्नु ओली सरकारको रबैया भएको भन्दै टिप्पणीसमेत गरेको छ।

मोर्चाले कैलालीको टिकापुरमा भएको केन्द्रिय समिति बैठकले विभिन्न निर्णय गरेको र सरकारको यस्तो रवैयाविरुद्ध संघर्षका कार्यक्रमहरु अगाडि बढाउने निर्णय समेत गरेको मोर्चाका सदस्य एवं पश्चिमाञ्चल संयोजक रुकु क्षेत्रीले बताए।

केन्द्रीय संयोजक नन्दी हिन्दूको अध्यक्षतामा संचालन भएको ३५ सदस्यीय केन्द्रिय समिति बैठकबाट शैक्षिकसत्र २०७३ देखि देशका सम्पुर्ण सरकारी तथा निजी आवासिय विद्यालयहरुलाई टाई मुक्त साथै कक्षा ८ देखि दश जोड दुईसम्मका छात्रालाई स्कर्ट प्रतिवन्ध लगाइने, विभिन्न पत्रपत्रिकामा छापिने अश्लील तस्वीरहरु छाप्न नदिने निर्णयहरु समेत कैलाली बैठकले परित गरेको छ।

बैठकमा हिन्दु धर्म संस्कार संस्कृतिको रक्षार्थ संगठित राष्ट्रिय तथा अन्तर्राट्रिय पार्टीहरुलाई इसाइ मुक्त हिन्दु राष्ट्र नेपाल निर्माणको अभियानमा आ–आफ्ना मागहरुलाई अगाडी बढाउन एउटै स्थानमा उभिएर संघर्ष गर्न अनुरोध गर्ने निर्णय गर्दै यसको अगुवाइ गर्नको लागि मुस्लीम, बौद्ध, साथै हिन्दु धर्मका गुरुहरुलाई समेत आग्रह गरेको छ।

नयाँ संविधानले भित्राएको तराई आन्दोलन, साथै मौलाउदै गएको धार्मिक हिसाप्रति सरकारले समयमै सर्वपक्षीय बैठक बोलाएर सर्वमान्य समाधान खोज्नुपर्ने अन्यथा वर्ष २०७३ लाई हिन्दू मोर्चा नेपालले धार्मिक युद्ध वर्षको रुपमा विश्वसामु चिनाइने मोर्चाले विज्ञप्तिमार्फत चेतावनी दिएको छ।





Comments

comments

Leave a Reply

11918