Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कमल थापाले किन गरे मन्त्रिपरिषद् बैठक बहिष्कार?

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयसँग असन्तुष्ट भएपछि उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले विद्रोह र अवज्ञा गरेको अर्थ लाग्ने गरी शुक्रबारको मन्त्रिपरिषद् बैठक बहिष्कार गरेका छन्।

संघीयता कार्यान्वयन सम्बन्धी उच्चस्तरीय समितिमा आफ्नो नाम समावेश नभएको भन्दै उनी शुक्रबारको मन्त्रिपरिषद् बैठकमा नगएको स्रोतले बताएको छ।

शुक्रबार १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ।

थापाको शुक्रबारको कार्यसूचीमा मन्त्रिपरिषद्को बैठक समावेश रहेको स्रोतले जनाएको छ। समितिमा आफ्नो नाम नपरेपछि थापाले असन्तुष्टि जनाउँदै मन्त्रिपरिषद् बैठक अस्वीकार गरेको थापा निकट स्रोतको दाबी छ।





Comments

comments

Leave a Reply

11910