अमेरीकामा २० औं रक्तदाता तथा १४ औं बीडीए स्थापना दिवस बिभिन्न कार्यक्रमका साथ मनाइयो

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –

कोलोराडो, अमेरीका। TWENTY YEARS OF CELEBRATING GIVING: THANK YOU BLOOD DONORS भन्ने WHO को नारालाई आत्मसात गर्दै सदा झैँ यस पटक पनि ब्लड डोनर्स अफ अमेरिका (BDA) ले २० सौ विश्व रक्तदाता दिवस र BDA को १४ औं स्थापना दिवसको उपलक्ष्यमा जूम मार्फत कार्यक्रम आयोजना गरि सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद दिंदै शुभकामना आदानप्रदान गरेको छ।

कार्यक्रममा अमेरीका बाहेक क्यानाडा तथा नेपालबाट पनि सहभागिता रहेको थियो । BDA का बरिष्ठ उपाध्यक्ष शिव काफ्लेले सबै सहभागीहरुलाई स्वागत गरेका थिए भने अध्यक्ष भुषणलाल श्रेष्ठले रक्तदाता दिवसको महत्व र उपलब्धिको बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए । कार्यक्रममा BDA का पूर्व अध्यक्ष डा. नन्द रेग्मीले ब्लड डोनर्स अफ अमेरिका हिजो, आज र भोलिको बारेमा छोटकरीमा प्रकाश पारेका थिए ।

त्यसैगरी कार्यक्रममा म्याराथन धावक तथा BDA का आजीवन सदस्य ८० पटक भन्दा धेरै रक्तदान गरिसकेका टेक्सास निवासी अनुप श्रेष्ठले रक्तदान सम्बन्धमा आफ्नु अनुभव सुनाएका थिए । यसैगरी कार्यक्रममा शुभकामना मन्तब्य दिने अन्य बक्ताहरुमा NRNA का अध्यक्ष डा. अर्जुन बन्जाडे , ANA का अध्यक्ष खगेन्द्र अधिकारी , लायन्स क्लबका डिस्ट्रिक गवर्नर प्रकाश गौतम, NAJA का अध्यक्ष सुरज भण्डारी , नेपाल बाट BLOODAN का मचाकाजी महर्जन, क्यानाडाबाट NBDA का निरन्जन पौडेल , BDA का पूर्व बरिष्ठ उपाध्यक्ष रेशम घर्ति लगाएत BDA का वर्तमान उपाध्यक्ष ज्युहरु, BDA चाप्टर अध्यक्षहरु , BDA का पूर्व पदाधिकारी तथा कार्यकारी सदस्यहरु रहेका थिए ।

कार्यक्रमको अन्तमा सबै सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै BDA निबर्तमान अध्यक्ष्य डा. लिलाराज दाहालले भविष्यमा पनि यस महान कार्यको लागि सबैको साथ र सहयोग रहने अपेक्षा राखेका थिए । कार्यक्रम BDA का केन्द्रिय उपाध्यक्ष टीका पौडेलले संचालन गरेका थिए ।

विश्व रक्तदाता दिवस तथा BDA को स्थापना दिवसको अवसर पारेर अमेरीका स्थित BDA च्याप्टरहरू कोलोराडो, टेक्सास, म्यासाच्युसेट्स लगायतका स्टेटहरूमा बिभिन्न कार्यक्रमहरू अयोजना गरि मनाइएको खवर प्राप्त भएको छ ।

केन्द्रीय अध्यक्ष भुषणलाल श्रेष्ठको बिशेष आथित्यमा कोलोराडोमा शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न भयो । नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा आयोजित कार्यक्रममा कोलोराडोमा सकृय विभिन्न संघ संस्थाका प्रतिनिधि , आजीवन सदस्यहरु तथा कोलोराडो नेपाली समुदायका सदस्यहरुको उपस्थिति रहेको थियो ।

चाप्टरका उपाध्यक्ष शर्मिला शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रक्तदाताहरुको तर्फबाट BDA का पूर्व केन्द्रिय सल्लाहकार , आजीवन सदस्य तथा अन्तरास्ट्रिय साहित्य समाज बोर्ड अफ ट्रस्टीका अध्यक्ष पदम विश्वकर्माले रक्तदानको महत्व र रक्तदान सम्बन्धमा आफ्नु अनुभव सुनाएका थिए । नेपाली घरका अध्यक्ष जगदीश ढकाल र RMFN का अध्यक्ष अर्जुन बगालेले कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गरेका थिए भने केन्द्रीय अध्यक्ष श्रेष्ठले विश्व रक्तदाता दिवसको महत्व BDA को स्थापना र यसको उद्धेश्यबारे प्रश्ट पारेका थिए ।

त्यसैगरी केन्द्रीय उपाधक्ष्य टीका पौडेलले उपस्थित BDA का आजीवन सदस्यहरुलाई आजीवन सदस्यता प्रमाणपत्र तथा पिन वितरण गरेका थिए । चाप्टरका बोर्ड सदस्य तेजप्रसाद ढकालले संचालन गरेको उक्त कार्यक्रममा चाप्टरका अर्का बोर्ड सदस्य फणिन्द्र छेत्रीले उपस्थित सबैलाई स्वागत गरेका थिए ।

यसैगरी सोही अवसर पारेर टेक्सास च्याप्टरले जुन १३, १४ र १५ तारीक तिन दिन रक्तदान कार्यक्रम आयोजनागरी मनाएको छ भने म्यासाच्युसेट्सले बिशेष अन्तरक्रिया तथा भेटघाट कार्यक्रम आयोजना गरी मनाएको केन्द्रिय अध्यक्ष भुषणलाल श्रेष्ठले बताएका छन् ।





Comments

comments

119379