हङकङमा मरीन पुलिस अफिसरले आफैंलाई गोली हानेपछि…

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १७ जुन। हङकङमा ५१ वर्षिय मरीन पुलिस अफिसरले आफैंलाई गोली हानेर आत्महत्या गरेका छन्। साई वान हो स्थित समुद्री प्रहरी क्षेत्रीय मुख्यालयमा तैनाथ एक अधिकारीले आइतवार आफ्नो हतियारले टाउकोमा गोली हानेपछि मृत्यु भएको स्थानीय मिडियाहरुले बताएका छन्।

गोली लागेर ढलेपछि उनका सहकर्मीहरूले तुरुन्तै प्रहरी र उद्धारकर्मीहरूलाई खबर गरेका थिए। लगत्तै उद्धारकर्मी घटनास्थलमा पुगेर जाँच गरेपछि उनको मृत्यु भएको पुष्टि भएको थियो।

उनी ३० वर्षदेखि मरिन प्रहरी फोर्समा कार्यरत थिए, समाचारमा भनेको छ। मरिन प्रहरी हार्बर डिभिजनमा कार्यरत बरिष्ठ प्रहरी हवल्दार हेडक्वाटरको लकर कोठाभित्र टाउकोमा गोली लागेर गम्भिर घाईते भएका थिए।

बन्दुकको गोलीको घाउ आफैंले लगाएको हुनसक्ने आशंका गरिएको छ। उनले आफ्नो पेस्तोल प्रयोग गरेर आत्महत्या गरेको अनुमान गरिए पनि सुसाइड नोट फेला परेको छैन।

मृत्युको वास्तविक कारण पोस्टमार्टमको परीक्षणपछि पत्ता लाग्ने जनाइएको छ भने घटनाको अनुसन्धान जारी छ।

आत्महत्या रोकथाम हेल्पलाइन:
हङकङ सामरिटन आत्महत्या रोकथाम संघ: 2389 2222
लाइफलाइन: 2382 0000
समाज कल्याण विभाग: 2343 2255
सामरिटन हटलाइन (बहुभाषी): 2896 0000
तुङ वाह ग्रुप अफ हस्पिटल चि रुओ युआन: १८२८१
अस्पताल प्राधिकरण मानसिक स्वास्थ्य हटलाइन: 2466 7350
ली पिपुल्स एसोसिएशन: 3512 2626
“भावनात्मक संचार” हटलाइन: 18111





Comments

comments

119342