Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेताहरुले मुलुक कमजोर बनाएः पूर्वराजा ज्ञानेन्द्र

कठमाडौं, पूवराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलको नेताहरुको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै मुलुक कमजोर भएको बताएका छन्।

नयाँ वर्ष २०७३ को अघिल्लो दिन शुभकामना सन्देश जारी गर्दै उनले क्षेत्रीय तथा भूमण्डलीय राजनीति नयाँ चरणमा प्रवेश गरेको बताए।

राज्यसंयन्त्रलाई व्यक्तिगत लाभमा दुरुपयोग गर्ने शाषकीय शैलीले नेपाल कमजोर भएको उनको तर्क थियो। राष्ट्रसम्बन्धी अवधारणा कमजोर भएको, क्षेत्रीय तथा भूमण्डलीय राजनीति नयाँ चरणमा प्रवेश गर्न थालेको अहिलेको सन्दर्भमा नेपालीको चिन्ता र अगस्ती नेतृत्वको तृष्णाबीचको फाटो नोक्सानदायी भइसकेको भन्दै चिन्ता व्यक्त गरेको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ।





Comments

comments

Leave a Reply

11981