Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

चर्चित युवा क्रिकेटरको गोली हानी हत्या

ट्रिनिडाड–ब्रिटेनका युवा क्रिकेटरको गोली हानी हत्या गरिएको छ।

हतियारधारी लुटेराको समूहले ब्रिटेनका २२ वर्षीय क्रिकेटर एड्रियन सेन्ट जोनको क्यारेबियन राष्टङ ट्रिनिडाडमा गोली हानेर हत्या गरिएको हो।

एड्रियनको आइतबार राति हत्या भएको ट्रिनिडाडका स्थानीय समाचार माध्यमले जनाएको छ। ती समाचार माध्यमका अनुसार हत्या गरेको आशंकामा २४ वर्षीय एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।

घटना ट्रिनिडाडको दक्षिणी भागको माउन्ट डिओरमा भएको थियो। एड्रियनले महिला यात्रीको छोरीलाई लिन जाने क्रममा कार रोकेका थिए।

त्यसै मौका छोपेर लुटेराहरु कारभित्र पसेका थिए । स्थानीय प्रहरीका अनुसार लुटेराले कारमा रहेका सबै यात्रीको सामान लुटेका थिए। त्यसपछि लुटेराले एड्रियनलाई गोली प्रहार गरेका थिए।

त्यसक्रममा उनलाई अस्पताल लाने क्रममा ज्यान गएको खबर आजको नयाँ पत्रिका दैनिकमा छ। उनको शव मंगलबार ब्रिटेन लगिने छ।





Comments

comments

Leave a Reply

11995