पोखरामा यसरी मनाइयो गुरुङ जातिको ट्होंटे पर्व

हुम तमु / एचकेनेपाल डट कम –
पोखरा, तमु धिं नेपालका आयोजनामा पोखराका तमुहरुले सामुहिक रुपमा परम्परागत साँस्कृतिक पर्व ट्होटें मंगलवार धुमधामका साथ मनाएका छन्।

हरेक वर्षको साउन र चैत महिनाको अन्तिम मंगलबार सामुहिक रुपमा मनाउने उक्त पर्वको अवसरमा पोखरा १७ बिरौटास्थित तमु ह्युलचोकबाट मौलिक पोखराका बाजागाजा झाँकीसहतिको र्याली निकालिएको थियो।

तमु ह्युलाचोकमा पितृ र प्रकृतिको पुना गरी शुरु गरिएको र्याली मुस्ताङचोक, एयरपोर्ट, नागढु·ा, पृथ्वीचोक, नयाँवजार हुदै तमु धि नेपालमा सभामा परिणत भएको थियो।

ट्होटे र्यालीमा दुधपोखरी तमु समाज सर्वोत्कृष्ठ हुदै ४ हजार नगदसहित शिल्ड, प्रमाणपत्रबाट पुस्कृत भयो । र्यालीमा सहभागि समाजहरु मध्ये भेषभुषा तर्फ भिमकालीपाटन तमु समाज, झाकी तर्फ जोगीमणी तमु समाज, वाजगाजा तर्फ वाझापाटन तमु समाज, सहभागि तर्फ दिप तमु समाज र युवा सहभागिता तर्फ कोल्मावहाकोट तमु समाज उत्कृष्ठ घोषित हुदै २ हजार पाँचसय रुपैया सहित प्रमाणपत्रबाट पुरस्कृत भएको थियो।

त्यसैगरि फुलबारी तमु समाज, जनकल्याण तमु समाज, ब्रेज मेश्रों घाद्रुक तमु समाज, नौलो सम्झाना तमु समाज, वगर तमु समाज र अर्घौ तमु समाज सान्त्वना घोषित हुदै एक एक हजार सहित प्रमाणपत्रबाट पुरस्कृत गरिएको थियो।

यसरी नै कोल्माबहाकोट तमु समाज र आँधीखोला तमु समाजलाई विशेष पुरस्कारबाट पुरस्कृत गरिएको थियो।

र्यालीको मुल्यांकन समितिका संयोजक तमु धिं नेपालकी सहसचिव अधिवक्ता जुनाकुमारी गुरुङले नजिता घोषणा गर्नुभएको थियो । समितीमा डा.दीर्घमान गुरुङ, ले.थमबहादुर गुरुङ, दुर्गाबहादुर गुरुङ, सुमे श्रीप्रसाद गुरुङ, सुवेदार झलक गुरुङ रहनुभएको थियो ।

र्यालीमा सहभागी तामाङ धेदुङ कास्की, आँधीखोला फेन्सी स्टोर्सको नेवारी लाखे नाच समूह लगायत तमु धिंमा आवद्ध नभएका तमु समाजहरुलाई मायाको चिनो सहित सम्मान गरिएको थियो ।





Comments

comments

Leave a Reply

11986