यसरी छुरा आक्रमण भयो साउदीका नेपाली राजदूतमाथि

साउदीस्थित नेपाली कार्यबाहक राजदूत आनन्दप्रसाद शर्मालाई सुनसरीका लक्षमणबहादुर राईले उनको कार्यकक्षको ढोका थुनेर आक्रमण गर्दा उनलाई चार स्थानमा चोट लगेको छ।

‘कोठामा काम गरिरहेका थिए । एक्कासि आएर आक्रमण गर्न थाल्यो’, शर्माले भने,’मेरो मुखमा काँधमा र अाैंलामा चोट लागेको छ ।’ उनको मुखमा टाँका लगाएको छ।

राईले शर्मालाई ढोका थुनेर आक्रमण गरेका थिए । दुताबासको सुरक्षामा बसेको साउदीको ‘स्पेसल प्रहरी’ गएर ढोका तोडेर तुरुन्तै उनलाई उद्धार गरेका थिए । ‘उहाँ चिच्चाउनु भएपछि हामीले थाहा पायौ। प्रहरी तुरुन्तै आएर उद्धार गर्न सकेकोले ठूलो घटना हुनबाट जोगियो’, दूतावासका एक अधिकारीले भने। कान्तिपुर दैनिकमा खबर छ।

रियादस्थित नेपाली दुताबासकै सेल्टरमा बसिरहेका राईले बिहीबार बिहान ११ बजे चक्कु प्रहार गरेका थिए। शर्मालाई प्रहरीले तत्काल उपचारको लागि रियादस्थित किङ फैसल अस्पतालमा पुर्‍याइएको थियो। ‘काँधको एक भागमा गहिरो चोट लागेको छ । अरु सामान्य छ’, उनले भने,’अस्पातलले आजै डिस्चार्ज गर्ने तयारी गरिरहेको छ।’

राई मानसीक रोगी भएको दुताबासले जनाएको छ। उनी ६ महिनाअघि साउदी आइपुगेका थिए । ‘हामीले नै मानसीक रोगी भनेपछि सेल्टरमा आश्रय दिएर राखेका थियौ । गत सोमबार (अप्रिल ११) गते दिउसो चार बजे नेपाल पठाउनको लागि टिकट थियो। हामीले उनलाई पठाउन रियाद बिमानस्थलमा लिएर गयौं । बिमानस्थल पुगेपछि उनी जान मानेन ।’, उनले भने,’फर्काएर आज -बिहीबार) पठाउने योजनामा थियौं । बिहान घटना घटाउन पुगे।’

राईले कम्पनी म्यानेजरलाई समेत चक्कु प्रहार गरी बाहिर निस्केर दुताबास आइपुगेको खबर दुताबासले बिहिबार मात्रै पाएको उनले बताए । ‘पहिला कतारमा पनि उनी जेल परेको खबर आएको छ’, उनले भने,’राईको बिषयमा विस्तुत बुझ्न जरुरी देखेका छौं ।’





Comments

comments

Leave a Reply

12000