Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पोखरामा सिद्धबाबाको चमत्कार, ९ दिनपछि जीवितै निस्किए भूसमाधिबाट

पोखरा, विज्ञानले अहिलेसम्म भन्दै आएको अक्सिजनबिना मान्छे केवल ३ मिनेट बाँच्छ। तर पोखरामा विज्ञानलाई चुनौति दिदै सिद्धबाबा श्रीवैष्णव कृष्णदासजी महाराज श्री रामानन्दाचार्यले ९ दिनसम्म अक्सिजनबिना भूसमाधि बसेर शुक्रवार सकुशल निस्केका छन्।

चैत २६ गते पोखरा रामघाटको नरनारायण आश्रममा हावा नछिर्ने काठको बाकसमा सुतेपछि वरिपरिबाट प्लास्टिकले बेरेर त्यसमाथि माटोले छोपी जमरा छरिएको थियो।

पूजापाठ गरेर बाबा काठको बाकसभित्र लम्पसार सुतेपछि पत्रकारहरुको प्रत्यक्ष निगरानीमा भक्तजनले चाबी लगाई प्लास्टिकले बेरेर भित्र कत्ति पनि हावा नछिर्ने बनाएका थिए।



बाबाले योग र साधनाका कारण अक्सिजनबिना पनि बाँच्न सकिने सिद्धबाबाले बताएका थिए। समाधिमा लीन हुँदा मुटुको धडकन र रक्तसञ्चार पनि रोकिने हुँदा अक्सिजन नचाहिने बाबाले बताएका थिए। समाधिमा जाँदा जस्तो स्वास्थ्यको हालत छ, समाधिबाट निस्किएपछि पनि उस्तै हुने उनको दाबी थियो।

अक्सिजनविना ९ दिनसम्म समाधि बसेर जीवितै निस्किएपछि चिकित्सकहरुसमेत आश्चर्य चकित परेका छन्। उनीहरुकै अगाडि बाबा बाकसभित्र समाधि बसेका थिए। बाबा समाधिमा जाँदा डा. बुद्धिबहादुर थापाले अक्सिजनबिना बाँच्न सम्भव हुने कुरा विज्ञानले नस्वीकार्ने तर त्यस्तो भए चमत्कार हुने बताएका थिए।

९ दिनपछि जीवितै निस्किएका बाबालाई हेर्न पोखरामा हजारौको घुइँचो लागेको थियो।





Comments

comments

Leave a Reply

11926