Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कानुन बनाउन छाडेर सांसदहरु विदेशतिर

काठमाडौं, व्यवस्थापिका संसदले आफ्नै कार्यसञ्चालन नियमावली बनाउन नसकिरहेका बेला सांसदहरु भने एकपछि अर्को विदेश सयरमा निस्कन थालेका छन्।

-

नियमावली निर्माणका लागि तदारुकता देखाउनुपर्ने नियमावली समितका सदस्यदेखि सभामुखसम्म विदेश सयरमा रम्न थालेका हुन्। जसले गर्दा नियमावली निर्माण प्रक्रिया अझै लम्बिने देखिएको छ।

४ वैशाखमा सभामुख ओनसरी घर्तीसहित चार राजनीतिक दलका प्रमुख सचेतकहरु लन्डन जान लागेका छन्।

नत्र संसद् संघको बैठकमा सहभागि हुन सभामुखसहितका सांसद् लन्डन जान लागेका हुन्। सभामुखको टोलीमा कांग्रेस, एमाले, एमाओवादी र राप्रपा नेपालका प्रमुख सचेतक रहनेछन्। सो टोली ११ वैशाखमा मात्र स्वदेश र्फकने कार्यक्रम रहेको खबर आजको नयाँ पत्रिका दैनिकमा छ।





Comments

comments

Leave a Reply

12006