Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

इतिहासमै पहिलो महिला प्रधानन्यायाधीश सुशीलाले जिम्मेवारी सम्हालिन्

काठमाडौं/ सर्वोच्च अदालतको इतिहासमा पहिलो महिला कामु प्रधानन्यायाधीशका रूपमा सुशीला कार्कीले बिहीबारदेखि जिम्मेवारी सम्हालेकी छन्।

सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले वरिष्ठतम न्यायाधीश भएर न्याय क्षेत्रमा काम गरेकी कार्की नेपालको न्यायिक इतिहासमा सर्वोच्च स्थानमा पुग्ने महिला पहिलो भएको बताए।

प्रधानन्यायाधीश कल्याण श्रेष्ठले उमेर हदका कारण ३० चैतबाट अवकाश लिएपछि वरिष्ठतम न्यायाधीशको हैसियतले कार्कीले कामु प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी सम्हालेकी हुन्।

उनले बिहीबारदेखि मुद्दाको इजलास तोक्नेलगायत न्यायिक तथा प्रशासनिक कामको नेतृत्व सुरु गरेको खबर नयाँ पत्रिका दैनिकमा छ।

संवैधानिक परिषद्ले वरिष्ठतम न्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि २८ चैतमा सिफारिस गरेकामा संसदीय सुनुवाइ समिति नभएकाले कार्कीको संसदीय सुनुवाइ भएको छैन।

संवैधानिक व्यवस्थानुसार प्रधानन्यायाधीश, सर्वाेच्च अदालतका न्यायाधीश र संवैधानिक निकायका पदाधिकारीको संसदीय सुनुवाइ गर्नुपर्ने हुन्छ।

संसदीय सुनुवाइ समितिबाट अनुमोदन भइसकेपछि राष्ट्रपतिले कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने व्यवस्था छ। संसदीय सुनुवाइ हुन नसकेको हुनाले कार्कीले हाल कामु प्रधानन्यायाधीशका रूपमा काम गर्नेछिन्।





Comments

comments

Leave a Reply

12004