दमकल र एम्बुलेन्स रोकेर भारतले बिना कारण फेरि दुःख दिन थाल्यो…

गैरआवासीय नेपालीले दान दिएका दमकल र एम्बुलेन्स नेपाल ल्याउन भारतले रोक लगाएको छ।


फाइल फोटो

गोर्खा-ब्रिटिस फाउन्डेसनले झापा मेचीनगर नगरपालिकाका लागि पठाएको एम्बुलेन्स र दमकल आठ महिलादेखि भारतमा बिनाकारण रोकिएका छन्। कोलकातास्थित बन्दरगाहमा आठ महिनादेखि थन्किएको एउटा एम्बुलेन्स र एउटा दमकल मेचीनगर ल्याउने प्रयास सफल हुन सकेको छैन।

काँकडभिट्टाकै बासिन्दासमेत रहेका बेलायतका पूर्व काउन्सिलर धन गुरुङको पहलमा नगरपालिकालाई दुई दमकल र दुई एम्बुलेन्स दिने सहमति भएको खबर नागरिक दैनिकमा छ। सहमति अनुसार पहिलो चरणमा एउटा दमकल र एउटा एम्बुलेन्स पठाइएको थियो। गत भदाैं पहिलो साता बेलायतबाट गुरुङको नेतृत्वमा १५ जनाको टोलीले काठमाडौं र मेचीनगर भ्रमण गरेको थियो।

‘बेलालयका पूर्व काउन्सिलर गुरुङकै अगुवाइमा मेचीनगगरलाई दमकल, एम्बुलेन्स र औषधि आएको थियो,’ मेचीनगरका कार्यकारी अधिकृत पशुपति खतिवडाले भने,‘तर आठ महिना बित्यो औषधि पनि आइपुगेको छैन।’





Comments

comments

Leave a Reply

12002