Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

असोजमा चिनियाँ राष्ट्रपति नेपाल आउने

चिनियाँ राष्ट्रपति सी जिन पिङले आगामी अक्टोबर पहिलो साता नेपाल भ्रमण गर्ने भएका छन्। राष्ट्रपति सीले आगामी अक्टोबर २ तारिख (असोज १६ गते) मा नेपाल भ्रमण गर्ने सम्भावना उच्च रहेको चिनियाँ परराष्ट्र स्रोतले जनाएको छ।

भारतको गोआमा आयोजना गरिने ब्रिक्स शिखर सम्मेलनअघि नै राष्ट्रपति सीले नेपाल भ्रमण गर्ने संकेत चिनियाँ परराष्ट्र मन्त्रालयले गरेको खबर कान्तिपुर दैनिकमा छ। गोआमा आगामी असोज २९ र ३० गते आठौं ब्रिक्स शिखर सम्मेलन हुँदैछ। सोही सम्मेलनमा भाग लिन जाँदा राष्ट्रपति सीले नेपाल भ्रमण गर्ने अडकल गरिँदै आएको थियो।

चीनका लागि नेपाली राजदूत महेशकुमार मास्केले सन् २०१६ भित्र चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गर्ने भए पनि मिति तय नभएको उल्लेख गरे । ‘चिनियाँ परराष्ट्र मन्त्रालयले हामीलाई चालू वर्ष सन् २०१६ को मध्यपछि स्टेट लिडरले नेपालको भ्रमण गर्ने जानकारी दिएको छ,’ मास्केले भने, ‘तर कुन नेताले कहिले भ्रमण गर्ने भन्ने कुराचाहिँ खुलाएको छैन।’

ब्रिक्स सम्मेलनमा भाग लिन भारत जाँदा चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गर्ने अनुमान गरिँदै आएको राजदूत मास्केले उल्लेख गरे। तर सम्मेलनभन्दा अगाडि अर्थात् जुलाईपछि कुनै पनि समयमा नेपालको भ्रमण गर्ने अवस्था रहेको चिनियाँ परराष्ट्र मन्त्रालयले दूतावासलाई पनि जानकारी दिएको छ।





Comments

comments

Leave a Reply

12022