रहस्यमय मृत्युलाई लिएर कराँचीमा उच्च सतर्कता अवलम्बन, २२ शव भेटिए…

कराँची । पाकिस्तानको कराँचीको नगरका विभिन्न क्षेत्रमा फेला परेका अज्ञात शवहरूको सङ्रख्या २२ पुगेपछि रहस्यमय र चिन्ताजनक प्रवृत्तिलाई नियन्त्रण गर्न नगर प्रशासन जुटेको बुधबार जियो न्यूजले जनाएको छ।

मङ्लबार थप पाँचवटा नयाँ शवहरू फेला परेपछि रहस्यमय मृत्यु हुनेको सङ्ख्या बढेको छ । पाकिस्तानको गैरनाफामुलक कल्याणकारी संस्था छिपा वेलफेयर एशोसिएसनका अनुसार पछिल्लो समयमा मृत्यु भएकामध्ये तीन जना लागूऔषध दुव्र्यसनमा फसेका देखिन्छन् ।

छिपा वेलफेयर एशोसिएसनका प्रवक्ताले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, “कराँचीका विभिन्न क्षेत्रमा स्वयंसेवकले थप पाँच जनाको शव फेला पारेको छ । तीमध्ये तीन जना लागूऔषध दुव्र्यसनी जस्तो देखिन्छन्, तर अहिलेसम्म एउटा पनि शव पहिचान भएको छैन ।”

जिओ न्यूजका अनुसार महानगरमा एम्बुलेन्सको सञ्जाल सञ्चालन गर्ने गैरसरकारी संस्थाले आज पहिचान नखुलेका शवको सङ्ख्या २२ पुगेको पुष्टि गरेको छ ।

मृतकका आफन्त कोही पनि शव लिन नआएकाले झण्डै दुई दर्जन शव अझै बेवारिसे अवस्थामा रहेको जनाइएको छ । कराँचीमा जारी गर्मीका कारण ठूलो सङ्ख्यामा नागरिकहरू प्रभावित भएका र उनीहरूमध्ये धेरैलाई गर्मीका कारण विभिन्न अस्पतालमा भर्ना गरिएको थियो ।

कराँचीका विभिन्न क्षेत्रमा एक दर्जनभन्दा बढी अज्ञात व्यक्ति मृत फेला परेको र उनीहरू लागुऔषधको प्रभावमा परेका र अत्यधिक गर्मीका कारण मृत्यु भएको प्रारम्भिक अनुसन्धानपछि अनुमान गरिएको कराँचीको अर्को मानवीय संस्था इधी फाउन्डेसनका अजीम खानले द न्यूजलाई बताए । रासस/एएनआई

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

120237