लमजुङ पहिराे : बेपत्ता भएका चारै जनाकाे शव भेटियाे

लमजुङ – लमजुङकाे क्व्होलासोथार गाउँपालिका–३ बगुममा गए राति पहिरोमा परि बेपत्ता भएका चारै जनाकाे शव भेटिएकाे छ।

पहिरामा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उहाँकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको शव भेटिएको प्रहरीले जनाएकाे छ।

प्रहरी र स्थानीयवासीले भग्नावशेषबाट उनीहरूको शव निकालेका हुन् । गए राति पहिराेले तीन वटा घर पुरिँदा उनीहरू बेपत्ता भएका थिए।





Comments

comments

120208