हङकङमा दुई वर्षीया बच्चीलाई प्लेग्राउन्डमा एक्लै छाडेको आरोपमा आमा पक्राउ…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २९ जुन। हङकङ प्रहरीले मोङकोकमा दुई वर्षीया बालिकालाई बालबालिकाको खेल मैदानमा एक्लै छाडेर गएको आरोपमा ३१ वर्षीया आमालाई बच्चालाई दुर्व्यवहार गरेको वा बेवास्ता गरेको आरोपमा पक्राउ गरेको छ।

स्थानीय मिडियाका अनुसार प्रहरी अधिकारीले शुक्रबार साँझ लगभग ७ बजे एउटी बच्ची साई यी स्ट्रीटमा बालबालिकाको खेल मैदानमा एक्लै घुमिरहेको रिपोर्ट प्राप्त गरेका थिए।

कुनै पहिचान कागजात नभएको बच्चीलाई कुनै चोटपटक लागेको थिएन र उनलाई निरीक्षणको लागि क्वोङ वाह अस्पताल पठाइएको थियो।

अनुसन्धान पछि प्रहरी अधिकारीहरूले शनिबार मोङ कोकमा बच्चीकी आमालाई बच्चालाई दुर्व्यवहार वा बेवास्ता गरेको आरोपमा पक्राउ गरेको हो।

आमा अहिले प्रहरी हिरासतमा छिन्।





Comments

comments

120488