Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपाली भन्दै अमेरिका छिर्दै

दक्षिण अमेरिकी मुलुकमा नेपाली भनेर समातिएकाहरुमध्ये अधिकांश अन्य दक्षिण एसियाली मुलुकका नागरिक भएको पाइएको छ।

नेपाली भनेपछि तत्काल फर्कनु नपर्ने हुनले दक्षिण एसियाली अन्य मुलुकका नागरिकले पनि आफूलाई नेपाली भन्ने गरेका हुन्। दक्षिण अमेरिकी मुलुक कोस्टारिकाका अधिकारी र अमेरिका पसेका नेपालीले दिएको जानकारीबाट उक्त कुरा खुलासा भएको खबर कान्तिपुर दैनिकले छापेको छ।

अमेरिकास्थित नेपाली दूतावासले पनि नेपाली भनेर पक्राउ परेका सबै नेपाली नभएको जानकारी परराष्ट्र मन्त्रालयलाई पठाएको अधिकारीले जानकारी दिए। अमेरिका छिर्न दलाललाई लाखौं रुपैयाँ बुझाएपछि विभिन्न दुख पीडा खेप्दै ती देशमा पुगेका उनीहरुसँग थोरै अमेरिकी डलरबाहेक अन्य कागजपत्र हुँदैनन्।

भाषा र बस्ने स्थानबारे लामो सोधपुछपछि मात्र पक्राउ परेकाहरु हुन कुन मुलुकका हुन् भन्ने पुष्टि हुन्छ।





Comments

comments

Leave a Reply

12107