२१ देशका लागि राजदूत सिफारिस (को कहाँ परे?)

काठमाडौं–सरकारले विभिन्न २१ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो।


आठ जना परराष्ट्र सेवाका, अरु सबै भागबन्डामा

नियुक्तिका लागि सिफारिस भएकामध्ये आठ जना परराष्ट्र सेवाका सहसचिव छन् । बाँकी सबै राजनीतिक भागबन्डाका आधारमा सिफारिसमा परेका छन् । परराष्ट्र सेवातर्फबाट दुर्गाबहादुर सुवेदी बेलायत, रमेश खनाल जर्मनी, झविन्द्र अर्याल इजिप्ट, लोकबहादुर थापा बेल्जियम, प्रकाश सुवेदी अस्ट्रिया, ताराप्रसाद पोखरेल ब्राजिल, ऋषिराम घिमिरे म्यानमार र सेवा लम्साल अधिकारी पाकिस्तानका लागि सिफारिस भएका छन् ।

तीन पूर्वमन्त्री पनि सिफारिस
सिफारिसमा परेकामध्ये तीन पूर्वमन्त्री पनि छन् । राजदूत सहसचिवस्तरको पद हो । चीनका लागि राजदूत सिफारिस गरिएका महेन्द्रबहादुर पाण्डे पूर्वपरराष्ट्रमन्त्री हुन् । त्उस्तै, दक्षिण कोरियाका लागि सिफारिस गरिएका युवराज कार्की पनि पूर्व सामान्य प्रशासनमन्त्री हुन् । उनीहरु दुवै एमाले नेता हुन्।

रसियाका लागि राजदूत सिफारिस भएका निरज थापा पञ्चायतकालमा मन्त्री भइसकेका व्यक्ति हुन् । उनी राप्रपा नेपालका उपाध्यक्ष हुन्।

अरु लक्की शेर्पा अस्ट्रेलिया, नारदनाथ भारद्वाज श्रीलंका, डा. महेन्द्रबहादुर सिंह कतार, खड्क केसी जापान, डा. भरतबहादुर रायमाझी युएई, पदम सुन्दास बहराइन, खजेन्द्र बस्नेत बंगलादेश, शिवमाया तुम्बाहाम्फे इजरायल र अलि अख्तर मिकरानी साउदी अरेबियाको लागि राजदूत नियुक्त भएको खबर आजको नयाँ पत्रिका दैनिकाले छापेको छ।





Comments

comments

Leave a Reply

12109