Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

८ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या

काठमाडौँ, पाल्पा–जिल्ला सदरमुकामस्थित तानसेन ११ प्रभास खोलामा आठ वर्षीया बालिकाको सामूहिक हत्या भएको छ।

सोमबार राति ८ बजे बालिकाको शव प्रभास खोलामा फेला परेको हो।

तानसेन ११ लामिडाँडा निवासी ८ वर्षीया वर्षा दर्लामीलाई सामूहिक रुपमा बलात्कार गरेपछि हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ। प्रहरीले अनुसन्धानका क्रममा घटनामा संलग्न चार जना युवकलाई पक्राउ गरेको खबर अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

पक्राउ परेकाको विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन। प्रहरीका अनुसार उनीहरु चारै जना स्थानीय हुन्।

प्रहरीका अनुसार वर्षा ट्युसन पढेर घर फर्कदैं गर्दा सोमबार साँझ ६ः३० बजे खोला किनारको सुनसान स्थानमा सामूहिक बलात्कार गर्दा उनी चिच्याएकी थिइन्। चिच्याएपछि हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।





Comments

comments

Leave a Reply

12111