Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

वृद्ध आमाले बाबुरामसँग छोरो मागेपछि बबाल !

काठमाडौँ – नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराई यतिखेर पार्टी विस्तार गर्ने भन्दै तराईका विभिन्न जिल्लाको दौडधुपमा छन् । मधेस जागरण अभियान नाम दिइएको अभियानमा उनले पूर्व पार्टी एमाओवादीको सत्तो सरपा गर्दै हिडेपछि जनयुद्धमा लागेर छोरा गुमाएकी सप्तरीकी एक वृद्ध आमाको फन्दामा नराम्ररी परेका छन्।

माओवादी आन्दोलनमा लागेर छोरा मारिएकी आमाले मेरो छोरा किन मार्यौ भन्दै प्रश्न सोधेकी मात्रै होइनन् छोरा फिर्ता चाहियो, होइन भने नयाँ पार्टीको नाममा फेरी पनि जनता ढाट्ने काम नगर्न समेत सचेत गराइएकी थिइन्।

सुनैनादेवी नाम बताउने ७० वर्षीइ वृद्धले र्याख र्याख्ती पारेपछि बाबुरामले कुनै उत्तर नदिएको बताइन्छ । माओवादी आन्दोलन र त्यसका नेतालाई गाली गर्न थालेपछि एकाएक उत्तेजित भएकी वृद्ध महिलाले हिजोसम्म त्यही पार्टी ठिक आज कसरी बेठिक भन्दै बाबुराममाथि प्रश्नको बर्षा गराइएकी थिइन।

मेरो छोरो फिर्ता चाहियो, तिमी त्यही पार्टीको नेता हो म आज पार्टीमा छैन भन्दै हिड्न पाइन्छ , मधेसी लवजमा बाबुराममाथि खनिएकी वृद्धको उत्तर उनीसँग थिएन। उनीसँग मधेस जागरण अभियानमा सामेल एक नेताले भने वृद्धको रोदनका सामु बाबुराम दाइसँग प्रतिवाद गर्ने कुनै उत्तर थिएन । उनी गोलमटोल उत्तर दिने तयारीमा थिए , रुँदै वृद्ध महिला बाबुराम विरुद्ध उत्रिएपछि नाजवाफ भएका थिए।

मेरा जस्ता कति छोरा मार्यौ, आज किन पार्टी छाड्यौ भन्दै वृद्धले कुरा उठाएपछि अरु स्थानीयबासीले समेत सप्तरीमा उनीमाथि प्रश्नै प्रश्नको वर्षा गरेको खबर आजको जनआह्वान साप्ताहकिले छापेको छ। माओवादी आन्दोलनको नाममा सत्र हजार नागरिकको मृत्यको कारण तिमी हौ कि होइनौ, अर्का स्थानीय वृद्ध रामभरोसले बाबुराममाथि कडा प्रश्न तेस्र्याए।

त्यसको पनि उनले कुनै उत्तरु दिएनन् । बरु आर्थिक समृद्धि र राजनीतिक स्थिरताको सैद्धान्तिक तर्क गरेर पन्छन खोजे । राजनीतिक रुपमा सचेत सप्तरीका जनताको अगाडि केही नलागेपछि बाबुराम कार्यक्रम छोट्याएर हिडेका थिए । पार्टी नबन्दै विवादको घेरामा फसेको, पूर्व माओवादी र प्रशासकको कुरा नमिलेको तथा नयाँ शक्तिमा लागेकाहरु समेत क्रमशः माओवादी आन्दोलनमा फर्कन थालेपछि बाबुरामको उत्साहमा समेत पूणविराम लाग्ने देखिएको छ । नयाँ शक्तिका लागि भन्दै चन्दा अभियान सुरु गरेका उनलाई आजसम्म स्वदेशभित्र कोही कसैले पनि चन्दा दिएका छैनन्।

नौटंकीले पार्टी बनाएर खादैन भनेर चन्दा नदिएको नेपाल उद्योग वाणिज्य महासङ्घका एक अधिकारीले बताए । त्यसो त मधेस जागरण अभियानका क्रममा अधिकाशं जिल्लामा हिसिला यमीको प्रकरणबारे प्रश्न सोधपछि बाबुराम हैरान भएका छन्।

हिसिलाको भ्रष्टाचार बारे जताजतै प्रश्न गर्नु, माओवादी किन छाड्यौ र नयाँ शक्ति कुनै राजनीतिक विचार र दर्शन नभएको भन्दै प्रश्न माथि प्रशन उठाउन थालेपछि उनी विलखबन्दनमा परेको बताइन्छ । यस्तै सानेपामा हुने गरेका सामान्य एवम् विवादित विषय समेत सञ्चारमाध्यममा पुगेपछि सूचना कसले दियो भन्नेमा छानबिन समिति गठन गर्ने तयारी गरिएको बताइएको छ । सूचना दिने तत्व चाहि को हो भन्दै बाबुरामले हिसिलाको नेतृत्वमा नै छानबिन समिति बनाएको बताइन्छ । बाबुरामका स्वकिय सचिव विश्वदिप पाण्डे र ज्याई जेकेन्द्र श्रेष्ठबीचको सामान्य विवाद समेत विभिन्न सञ्चार माध्यममा प्रकाशित भएको थियो ।

हिसिलाले अगाडि बढाएकी जेकेन्द्र र बाबुराममा पिए पाण्डेबीचको विवाद सञ्चारमाध्यमममा प्रकाशित प्रसारित भएपछि सानेपामा रहेका सहयोगी, भान्छेको गतिविधि र फोन सम्वादमा समेत निगरानी सुरु गरिएको बताइएको छ । कसको फोन कति आउँछ, कसले के के कुरा गर्छन, कति लामो समय फोनमा बस्छन् भन्ने लगायतको विषयमा सुक्ष्म छानबिन सुरु गरिएको बाबुराम निकट स्रोतले जनाएको छ । सो सम्बन्धमा बुझ्न खोज्दा हिसिला यमीसँग बुझ्न खोज्दा उनको मोबाइल फोन उठेन । बाबुरामका पिए पाण्डेले भने आफू व्यस्त रहेको र पछि कुरा गर्ने भन्दै फोन राखे ।





Comments

comments

Leave a Reply

12139