Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

ओलोम्पिक कमिटी सदस्य गुरुङ जापान प्रस्थान

केशव पाठक / एचकेनेपाल डट कम –
काठमाडौ, नेपाल ओलोम्पिक कमिटी सदस्य तेज गुरुङ जापानको होकाइदो शहरमा आयोजना हुने विन्टर आलोम्पिक एशियन गेमको सेभ दि मिसनको बैठकमा सहभागी हुन शनिबार जापान प्रस्थान गरेका छन्।

२०१७ को फेब्रुअरीमा आयोजना हुने विन्टर आलोम्पिक खेलका लागि तयारी स्वरुप हुन लागेको सेभ दि मिसनको बैठक २०१६ अप्रिलको २५, २६ र २७ तारिख मा हुँदैछ।

नेपालले उक्त प्रतियोगितामा सहभागीता जनाउने छ।

नेपाल ओलोम्पिक कमिटीका तर्फबाट एनआरएनएको संयोजक समेत रहेका गुरुङ्गले अप्रिल २८ मा एनआरएनए जापानका पदाधिकारीसंग समेत नेपालको खेल विकासका लागि छलफल गर्ने कार्यक्रम तय भएको छ।

गुरुङले नेपालको खेलकुद बिकासका लागि जापान आलोम्पिक कमिटीका पदाधिकारीहरुसंग भेटघाट र छलफल गर्नेछन्।

सन् २०२० मा जापानले आलोम्पिक खेलकुद आयोजना गर्न लागिरहेको र जापानका तर्फवाट नेपालको टिम तयारी र खेलकुदका विविध सहयोगका लागि छलफल गर्ने गुरुङ्गले जानकारी दिए।

सन् १९६४ मा जापानमा सम्पन्न ओलोम्पिकमा नेपालले पहिलो पटक सहभागिता जनाएको थियो।

गुरुङ्गले पोखरा र जापानको कोमागाने शहरका विच भएको भागिनी सम्बन्धलाई खेलकुदका माध्यमबाट समेत जोड्न र सम्बन्धलाई बलियो बनाउन कोमागानेका प्रतिनिधीहरुसंग विशेष भेटघाट र छलफल गर्ने कार्यक्रम रहेको छ।

नेपाल ह्याण्डबल संघका अध्यक्ष रहेका गुरुङले नेपालको ह्याण्डबल खेल बिकासमा सहयोगका लागि जापान ह्याण्डबल महासंघका अध्यक्षलगायत पदाधिकारीहरुसंग समेत भेटघाट गर्ने छन्। उनी मे ६ तारिख नेपाल फर्कने छन्।





Comments

comments

Leave a Reply

12154