Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

भूकम्पलाई स्मरण गर्दै नयाँ म्युजिक भिडियो “१२ गते” रिलिज

सुर्य चन्द / एचकेनेपाल डट कम –
काठमाडौँ: गत सालको बैशाख १२ मा गएको भूकम्पलाई स्मरण गर्दै नयाँ म्युजिक भिडियो “१२ गते” रिलिज भएको छ।

ईफ्याट्री प्रोडक्सनको उत्पादनमा सुशान्त गौतम र शाहिल राज थापाको शव्द, सुशान्त गौतमको संगीत एवं स्वर रहेको उक्त भिडियोलाई सुमन कोईरालाले छायांकन एंव सम्पादन गरेका हुन्।

हेटौँडा स्थायी घर भएका कोईरालाले भने यस अघिनै करिव ५ दर्जन म्युजिक भिडियोको छायांकन , २ दर्जन गीतको सम्पादन र दर्जनौँ भिडियोको निर्देशन समेत गरिसकेका छन्।

माघ २ गतेलाई भूकम्प दिवस मनाईएता पनि गत बैशाख १२ को भूकम्पलाई लक्षित गर्दे दिगंवत आत्माको चिर शान्तिको कामना गर्दै गीत रिलिज गरिएको ईफ्याट्री प्रोडक्सनका प्रबन्ध निर्देशक सुमन कोईरालाले बताए।

विराटनगर स्थायी घर भएका गौतम आईटीका बिद्यार्थी हुन् भने उनले यस अघि पनि “जिन्दगी“,“ तिमी आयौ”लगायतका गीतहरुमा शब्द र संगीत दिई सकेका छन् भने नेपाली तारा ३ विजेता प्रताप लामाको नयाँ एल्वममा सम्पूर्ण गीत शव्द र संगीत दिएका छन् जुन एल्वम रिलिजको तयारीमा रहेको छ।

त्यस्तै गौतमले निर्माणधिन नेपाली कथानक चलचित्र “२१ बर्ष”बाट नेपाली चलचित्रमा गीतकार र संगीतकारको रुपमा डेब्यु गर्दैछन्।

सुमन कोइरालाले पनि चलचित्र २१ बर्षबाट नै छायाँकारको रुपमा डेव्यु गर्दैछन्।

श्रीराम बालाजी फिल्मसको व्यानरमा निर्माण हुन लागेको चलचित्र “२१ बर्ष”मा र २१ बर्षीय नवनायक जुनिम गहतराजको डेव्यु अभिनय रहने निर्माण पक्षले बताएको छ।

बैशाख १२ को भूकम्पलाई सम्झदै आफूहरुले पीडित आत्माले शान्ति पाओस भन्ने उद्देश्यले तयार पारेको सुशान्त गौतमले बताए।

पोहोर साल बनाएको घर १२ मा भत्कियो ……. भिडियो





Comments

comments

Leave a Reply

12156