Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

दुई राजेशको शान फेरि अमेरिकामा

एचकेनेपाल डट कम संवाददाता –
महाभूकम्पले तहसनहस पारेको देश विनाशमा केही राहत दिन दुई स्टार राजेश हमाल र राजेशपायल राई यतिखेरा अमेरिकाको विभिन्न राज्यमा सांगीतिक प्रस्तुती गर्दैछन्।

भूकम्पले भत्काएका विद्यालयको पुननिर्माणको लागि कार्यक्रमहरु गरिरहेका छन्। यसै क्रममा शनिवार भर्जिनियाको मनासासमा भव्य अनि सभ्य कार्यक्रमको आयोजना गर्यो।

महानायक राजेश हमाल, राई इज किङ राजेशपायल, सन्दीप क्षेत्री र केकी अधिकारीको जोरदार प्रस्तुतीले भर्जिनियाबासी मन्त्रमुग्ध बने।

उक्त कार्यक्रममा मुख्य आकर्षण प्रिसीला संखर रहिन्। उनले गायक राईसंग सागर सरी चोखो माया, तिमीले बाटो फेर्यौ अरे लगायत गीतमा साथ दिएकी थिइन्।

यही कार्यक्रम आइतवार फेरि बाल्टीमोरमा हुंदैछ।

यो पनि हेर्नुहोस्





Comments

comments

Leave a Reply

12165