Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एनआरएन चीनद्वारा भूकम्पपीडितलाई १ करोड सहयोग

एचकेनेपाल डट कम संवाददाता –
गत सातौं गैरआवासीय नेपाली विश्व सम्मेलनको समयमा राष्ट्रिय समन्वय परिषद चीनद्वारा भूकम्पपीडितका लागि रु.१ करोड सहयोग गर्ने प्रतिवद्धता जनाए अनुसार १ करोड सहयोग गरेको छ।

एनआरएनए चीनले रु. ८,९५,६५० बराबरको जीवन रक्षक औषधीका सामग्रीहरु नेपाल सरकारको स्वास्थ्य विभागलाई उपलब्ध गराएको र रु. ९१,०४,३५० सोमबार सचिवलायको प्रभु बैंकमा रहेको राहत कोषमा जम्मा गरिएको छ।

हस्तान्तरण कार्यक्रममा एनआरएनए चीनका अध्यक्ष संजय कुमार चेतानी र आइसीसी सदस्य डा. राजिव केशरीले भूकम्पपीडितको लागि सहयोग रकम संकलनबारे जानकारी गराए। कार्यक्रममा आइसीसी चीनका पदाधिकारी तथा सदस्यहरुको समेत सहभागिता रहेको थियो।

सोही अवसरमा संघका कार्यकारी निर्देशकले राष्ट्रिय समन्वय परिषद् चीनलाई धन्यवाद दिंदै भूकम्पको बेला संघले तत्काल पुराएको राहत कम्बल तथा त्रिपाल सहयोग गरेकोमा हर्दिक आभार प्रकट गरे।





Comments

comments

Leave a Reply

12185