Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपाली गायकको हिन्दी गीत ‘तेरी यादें’ बजारमा आउदै

विजय थापा / एचकेनेपाल डट कम –
वाशिंगटन डिसी, सुदन गैरे जब नेपालमा हिट हुने क्रममा थिए। त्यति बेला अमेरिका आए।

उनी अमेरिका , अनि गीत नेपालमा , अभिभाबक बिनाका बच्चा जस्ता भए।

बीचबीचमा पनि उनले गीत सार्बजनिक नगरेका भने होइनन्। तर अपेक्षाकृत सफलता भने मिले जस्तो भान हुदैन। यि आदि कारणले हुन सक्छ उनी अहिले एउटा दमदार प्रस्तुतिका साथ् आउदैछन्।

“तेरी यादें“ उनको अब सार्बजनिक गर्न लागिएको गीत हो। हुन त नेपाली गायकले हिन्दी गित गाउनु कुनै नौलो कुरा त होइन।

धेरै जनाले गायका छन् तर सुदन गैरेले अलि फरक गर्न खोजेका छन्। पहिले धेरै रुचाइएको गित “पोहोर साल ” संग मिल्दो जुल्दो पाराले हिन्दी गीत गाएका छन्।

पहिलेका गायकहरुले नेपाली श्रोतालाई लक्षित गरेर हिन्दी गीत गाएका थिए। सुदनले चाही नेपाली मात्र नभई भारतीय र पाकिस्तानी श्रोतासम्म पुग्ने लक्ष्य लिएका छन्।

नेपाली गीत संगीत पनि सुन्न लायक रैछन् भन्ने एउटा सकारात्मक संदेश दिन खोजिरहेका छन्। नेपालमा अरु देशका सामान्य गायक गायिकालाई मेरा बाबै मान्ने चलन छ।

एउटा नेपाली गायकले अरु देशसम्म नेपाली गीत संगीतलाई फैलाउने कोसिश गरेका छन्। त्यो पक्कै पनि गर्ब गर्न लायक छ। उनी कति सफल रहन्छन् त्यो आगामी दिनमा थाहा होला। तर यस्तो प्रयाशलाई हामी सबैको साथ र सहयोग हुन जरुरी छ।





Comments

comments

Leave a Reply

12211