नविना बनिन् सद्भावना दूत

विजय थापा / एचकेनेपाल डट कम –
वाशिंगटन डिसी, अमेरिकाको राजधानी वाशिंगटन डिसीमा स्थापित गैरमुनाफा सामाजिक संस्था गोर्खाली फाउन्डेसनले अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्ने नविना बस्नेतलाई सद्भावना दूत बनाएको छ।

सन् २००८ देखि अमेरिकामा रहदै आएकी नविनालाई सामाजिक सेवामा अतुलनिय काम गर्दै आएको गोर्खाली फाउन्डेसनको परियोजना तथा प्राप्तिलाई मुख्य प्रबर्द्धन तथा सद्भाव पुर्याउनु सद्भावना दूत नियुक्त गरेको हो। र गत हप्तादेखि बस्नेत सद्भावना दूत बनेकी हुन्।

नयाँ सद्भावना दूत घोषणा भएपछि खुसी व्यक्त गर्दै बस्नेतले प्रतिष्ठानको प्रवर्द्धन गर्न कुनै कसर नछोड्ने बताईन्। उनले भनिन्- ‘फाउन्डेसनले सोचेको भन्दा अझ रामो काम गर्ने प्रतिबद्धता जाहेर गरिन्।

गोर्खा फाउन्डेसनको सद्भावना दूत हुन पाउँदा खुसी लाग्नु स्वाभाविक हो भन्दै भविष्यमा अन्तर्राष्ट्रिय स्तरमा समेत फाउन्डेसनको ख्याति वृद्धि गर्न कम्मर कसेर लाग्ने बताइन्। यसको लागि आफूलाई दिएको उत्तरदायीमा काम गर्ने कुरामा आफू पूर्ण मानसिक रुपमा तयार भएको बताईन्।

उनले भनिन, हाम्रो मुख्य जोड भनेको गत बर्ष भूकम्पले तहस नहस बनाएको गोर्खाको बारपाक हो। यसको लागि काम गरिरहेका छौ भन्दै आगामी दिनमा बारपाक क्षेत्रमा पाठशाला तथा अन्य बिबिध पक्षमा काम गर्ने बताईन्।

बारपाकमा गोर्खाली फाउन्डेसनको पहलमा २४ सै घण्टा बिद्युत आपूर्ति गर्न सकेकोमा खुसि व्यक्त गरिन्। त्यहाँ झिलीमिली बनाउन सकेकोमा केही काम गर्न सकेको जस्तो लागेको बताईन्।

नविनाले आफ्नो आदर्श माइती नेपालकी संचालक अनुराधा कोइराला भएको बताईन्।

नविनालाई अमेरिकामा धेरै परिचय दिई रहनु पर्दैन। सन् २०१२ को अमेरिका नेपाल सुन्दरी प्रतोयोगिताकी प्रशिक्षक ,अमेरिका नेपाल सुन्दरी प्रतियोगिता २०११ की फस्टरनर अप समेत भइसकेकी उनी २०१४ को मिस नेपाल युएसको प्रतिभा प्रतियोगिताकी प्रमुख निर्णायक भई काम गरि सकेकी छिन्।

सन् २०१२ मा भएको एएनए एक्स्ट्राभ्यागेन्जाकी प्रमुख भै काम गरि सकेकी छिन्। नृत्य निर्देशकसमेत रहेकी नबिना साइबर संसार डट कमकी ब्रान्ड सद्भावना दूत भएर पनि काम गरि सकेकी छिन्।





Comments

comments

Leave a Reply

12209