Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

‘नाफाको जिन्दगी’ आउँदै छन्

फणिन्द्र अकिञ्चन / एचकेनेपाल डट कम –
पोखरा,
नाफाको हो जीन्दगी यो फिक्री छैन मरे पनि
सम्झना मात्रै बाँकी रह्यो आउँदिनौ बिन्ति गरे पनि।

युवा गायक सित्तल ‘भेट’ बस्यालको शब्द, संगीत र स्वरमा रहेको यो गीत बजारमा आइसकेको छ। उत्कृष्ट म्युजिक क्रियशन काठमाडौको प्रस्तुतिमा बस्याल यो गीतसहित पाँच गीत समावेश गरी गीति एल्बम ‘नाफाको जिन्दगी’को तयारीमा छन्।

उनको एल्बममा समावेश हुने वियोगले मनमा आगो सल्किरहन्छ, माग बरु जिन्दगी नै तिमीलाई दिउँला गरी अन्य दुई गीत पनि रेकर्डिङको प्रक्रियामा छन्। आफ्नै स्वर, शब्द र संगीतमा दशैंसम्म गीति एल्बम सार्वजनिक गर्ने तयारीमा जुटेका बस्यालका दुई गीतको म्युजिक भिडियोसमेत निर्माण भइसकेका छन्। म्युजिक भिडियोको निर्देशन सङ्गीत बस्यालले गरेका छन्।

बलराम राजवंशीसँग काठमाडौैमा संगीत प्रशिक्षण दिएका बस्याल सानैबाट गीत संगीतमा रुचि राख्थे। वि. स. २०५८ बाट सञ्चार क्षेत्रमा प्रवेश गरेका बस्यालले धेरैलाई पत्रकारिता सिकाएका छन्। धौलागिरी मिडिया हाउसका प्रबन्ध निर्देशक बस्यालले विभिन्न रेडियो हुँदै नेपालकै पहिलो धार्मिक सामुदायिक रेडियो, देवघाटको स्टेशन म्यानेजरको रुपमा पनि केही समय काम गरे।

पोखरा–१७, छोरेपाटन निवसी बस्याल तिमीले मलाई छोड्यौ, धोका दियौ भन्दा भिन्न युगल जोडीलाई नियतिले धोका दिएको प्रसंगसहितका गीत एल्बममा रहेको बताउँछन्। उनी भन्छन्–‘मैले भोगेका, देखेका र सुनेका घटनालाई गीति लय दिएको छु।’ उनले एक सय बढी गीत लेखेका छन्। संगीतलाई व्यवसायिक रुपले भन्दा पनि संरक्षणका लागि यो क्षेत्रमा आएको बताउने बस्याल प्रविधिलाई निषेध होइन सदुपयोग गरी अगाडि बढ्नु पर्ने विचार राख्छन्।





Comments

comments

1223