Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नक्कली पाइलट खोज्दै प्रहरी

नक्कली शैक्षिक प्रमाणपत्रमाथि छानविन तीब्र पारेको प्रहरले अब उड्डयन क्षेत्रमा समेत अनुसन्धान अघि बढाउने भएको छ।

चिकित्सा र इन्जिनियरिङमा जस्तै उड्डयनमा पनि नक्कली प्रमाणपत्रका भरमा हेलिकोप्टर र जहाज उडाउनेहरु रहेको आशंका चुलिएपछि प्रहरीको अनुसन्धान ब्युरो चनाखो भएको खबर नागरिक दैनिकमा छापिएको छ।

पाइलट कोर्स अध्ययन गरी नेपाल नागरिक उड्डयन्त्र प्राधिकरणबाट उडान अनुमतिपत्र पाएकाहरुको शैक्षिक प्रमाण्पत्र छानबिन गर्न लागिएको ब्युरोले जनाएको छ।

विज्ञान विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरी कमर्सियल पाइलट लाइसेन्स कोर्स पूरा गरेकालाई प्राधिकरणले जहाज र हेलिकप्टर उडाउन अनुमति दिँदै आएको छ। अहिलेसम्म करिब ५ सय जनाले यस्तो अनुमति पाएका छन्। शैक्षिक याग्यता न्यू भएपनि पाइलट कोर्स आर्थिक हिसाबले महंगो मानिन्छ। यसको अध्ययन सुरु गर्नै न्यूनतम ३० लाख रुपैयाँ लाग्ने जानकारहरु बताउँछन्।

यसअघि ब्युरोले चिकित्सा र इन्जिनियरिङ क्षेत्रका नम्कली प्रमाणपत्रधारीमाथि अनुसन्धान गरेको थियो। यसक्रममा १७ नक्कली चिकिस्तक पक्राउ परेका छन्।





Comments

comments

Leave a Reply

12242