Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
रुङ्माहाङ बान्तावा राई युके वात्तोङको साधारण सभा सम्पन्न – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

रुङ्माहाङ बान्तावा राई युके वात्तोङको साधारण सभा सम्पन्न

भूमिराज राई / एचकेनेपाल डट कम –
३० अप्रिल शनिबार युकेमा बसोबास गरिरहेका बान्तावा रुङ्माहाङ राई बंश वात्तोङ समिती युकेको आठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ।

अध्यक्ष जंग राज राईको अध्यक्षतामा सम्पन्न बार्षिक सभामा बयोबृद्ध अतिथि मान बहादुर राई र बयोबृद्धा अतिथि कृष्ण कुमारी राई, सल्लाहकार छेत्रकला राई र अध्यक्षा जंगबहादुर राईले पानसमा बत्ती बालेर सुम्निमा पारुहाङ र प्रथम किराँत राजा यलम्बरको प्रतिमामा फूल चढाएर सम्मान गर्दै शुरु भएको थियो।

नेपालमा केहि समय अघि दिबंगत हुनु भएका पूर्ब अन्चलाधिस बंश मकर बहादुर बान्तावा राई लगायत बर्ष भरी दिबंगत हुनु भएका बंश र परिवारहरुको सम्झना गर्दै एक मिनेट मौन धारण गर्दै रुङ्माहाङ बान्तावा राईहरुको बंश गान “अमर रहोस्” प्रस्तुत गरिएको थियो।

“रगत र दुधको रक्षा गरौं” भन्ने मूल नाराका साथ देश बिदेशमा छरिएर रहेका रुङ्माहाङ बंशहरुको एकता, सद्भाब अनि भाषा र संस्कारलाई जोगाएर अस्तित्वको जगेर्नाको लागी एक जूट भएर अघी बढ्ने लक्ष्यका साथ बंश भेटघाटले अत्यन्तै महत्व राख्ने कुरा बताउँदै स्वागत मन्तब्यका क्रममा उपाध्यक्ष राज कुमार रुङ्माहाङले रुङ्माहाङ वात्तोङको आवश्यकता र शुरुवात र महत्वका बारे प्रकाश पार्नु भएको थियो।

युके वात्तोङ समितिका सचिब बिनोद कुमार रुङ्माहाङ्ले संचालन गर्नु भएको कार्यक्रममा बार्षिक प्रतिबेदन लगायत संस्थागत गतिबिधिका बारेमा बिबिध कार्यक्रमहरु सम्पन्न भएका थिए ।

सशस्त्र प्रहरी बलको महानिरिक्षकमा पदोन्नती हुनु भएका रुङ्माहाङ् बंश सशस्त्र प्रहरी महानिरिक्षक दुर्ज कुमार राईलाई संस्थागत रुपमा बधाई दिंदै उहाँको कार्यकाल अत्तन्तै सफलता पूर्वक सम्पन्न होस, सुम्निमा पारुहाङ्को आशिर्बाद मिलोस भन्ने कामना सहित बधाई प्रस्ताब पारित भएको थियो।

काठ्माण्डौ नेपालमा रुङ्माहाङ बंश पितृ माङ्खिम घर निर्माणको लागी युकेबासी रुङ्माहाङ बंशहरुले हरेक परिवारले कम्तीमा एक लाख रुपैयाँ उपलब्ध गराईने निर्णय सर्ब सम्मतिले पारित भएको छ।

एक लाख दिई सक्नुहुने बंशहरुको नामावली पढेर सुनाईएको थियो भने दिन बाँकी बंशहरुले अबको ६ महिना भित्र रकम उपलब्ध गराईदिन आग्रह गर्दै सहयोग चुक्ता गर्नुहुनेहरुलाई धन्यबाद ज्ञापन गरिएको थियो।

छोरिचेली कुटुम्ब लगायत उत्साह जनक रुपमा भेटघाट परिचय चिनापर्ची गर्ने अवसरका रुपमा बंश वात्तोङ भेला उत्कृष्ठ माध्यम बन्ने गरेको छ।

बात्तोङका अध्यक्ष जंग राज राईले धन्यबाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नु भएको थियो।


थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्





Comments

comments

Leave a Reply

12251