मेलबर्न निवासी अञ्जु अधिकारीको नयाँ तीज गीत ‘नाँच माया चट्टै’ सार्वजनिक

मेलबर्न। बिदेशमा आफ्नै जीवन यापनका लागि दौडधुपमा नै कतिपयको समय सकिएको हुन्छ – काम र परिवार र यदाकदा नजिककाहरुसंग केही सामाजिक गतिबिधिको घेराबाट बाहिर आउनै नसक्नेहरुको संख्या अधिक हुन्छ।

त्यो घेरा तोडेर पारिवारिक सन्तुलन कायम गर्दै समुदायको र आ-आफ्नो रुची अनुसारको बिभिन्न किसिमका सामाजिक काममा लाग्दै अगाडि बढ्नु चुनौतिपूर्ण काम हो। कामलाई गम्भिरतापूर्वक कामकै रुपमा लिनै पर्ने देशहरुमा । त्यो किसिमको सन्तुलनलाई कायम गर्दै अगाडि बढ्नेमा एक हुन मेलबर्न निवासी अन्जु अधिकारी।

स्वास्थ्य एबं मानविय सेवा बिभागमा कार्यरत अन्जु मेलबर्नमा बसेर पनि नेपाली कलाकारिता क्षेत्रमा निरन्तर लागिरहने उन्ले मुख्य गरी मेलबर्नको नेपाली मन्दिर र ग्लेनरोइ पुस्तकालयमा छायांकन गरिएको ‘नाच माया चट्टै’तीज गीत आफ्नै युट्युब च्यानल Anju Adhikari बाट सार्वजनिक गरेकी छिन्।

यस अघि मेलिना राई र प्रताप दासको स्वरमा अर्जुन ज्ञवालीसंग अन्जु अधिकारीको मूल भूमिका रहेको र शान्ति श्री परियार र खुमन अधिकारीको स्वर रहेको ‘वर मागेकी छु’गीतमा उन्को एकल मूल भूमिका रहेको म्युजिक भिडियोहरु आइसकेका छन्। त्यस्तै निशान भट्टराई र शान्ति श्री परियारको स्वरमा सुधिर श्रेष्ठसंग अन्जुको मूल भूमिका रहेको ‘त्रिशुलीको तिरैमा’र बिशाल निरौला र अस्मिता अधिकारिको स्वरमा नवराज उप्रेतीसंग उन्को मूल भूमिका रहेको ‘जिद्धी छ मन’म्युजिक भिडियोहरु सार्वजनिक भैसकेका छन्।

त्यसै गरी रमेश थापासंग अन्जुको मूल भूमिका रहेको र शान्ति श्री परियार, प्रबिण सापकोटा, सरिता कार्की र जिबी सुनारको स्वर रहेको ‘एक, दुई, तीन, चार, पाँच’तीज गीत र प्रमोद खरेलको स्वरमा रमेश थापासंग उन्को मूल भूमिका रहेको ‘जोगी बनायो’गीतको म्युजिक भिडियोहरु सार्वजनिक भैसकेका छन्।





Comments

comments

122447