नेपाली साहित्य विकास परिषद् युकेको नयाँ कार्य समिति गठन

लन्डन, बेलायत स्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् युकेको २८औँ साधारण सभाले आगामी दुई वर्षका लागि परिषद्को १४औँ कार्यकारिणी समिति चयन गरेको छ।

वेस्ट लन्डन, एक्टन स्थित एबिआई कलेजमा सम्पन्न परिषद्को साधारण सभाबाट निर्बाचित भएको १७ सदस्यीय नयाँ कार्यसमितिमा कोमलप्रसाद श्रेष्ठ मल्ल अध्यक्ष, ध्रुव केसी वरिष्ठ सह-अध्यक्ष र पाँचजना सह-अध्यक्षहरूमा वसन्त रायक्षेत्री, वीरेन्द्र कुँवर, रेशम अर्याल, गोकुल भण्डारी र वाचस्पति रेग्मी चुनिएकाछन् भने दुई जना उपाध्यक्षहरूमा, डम्बर सिंह ‘प्रयास’ र डा.संगिता श्रेष्ट ‘स्वेच्छा’ चुनिएकाछन् । यसैगरी महासचिवमा डा.सुधा श्रेष्ठ र वरिष्ठ कोषाध्यक्षमा मनोज अन्जान चुनिएकाछन् भने सहमहासचिवमा अहिल्या कुँवर चुनिएकीछन् । यसैगरी कार्यकारिणी सदस्यहरूमा हरि केसी, वासुदेव साप्कोटा र रुक्मिणी मानन्धर चुनिएकाछन् । मिडिया कोअर्डिनेटरहरूमा नवीन पोखरेल र नरेश खापाङ्गी मगर चुनिएकाछन् ।

यसैगरी १६ सदस्यीय सल्लाहकार समितिमा डा. राघवप्रसाद धिताल ओबिई प्रमुख सल्लाहकार र सल्लाहकारहरूमा सुरेशजङ्ग शाह, हरिसिंह थापा, खगेन्द्र नेपाली, हरिविभोर कार्की, मदन थापा,, घनबहादुर थापा मगर, विजय थापा, डा. गोपाल पौडेल, कृष्ण भट्ट, पिपला पाण्डे देवान, डा.जनककुमारी धिताल, हिन्दमैञा वैद्य, कमल भण्डारी, बालजंग अर्याल र पशुपति भण्डारी रहेका छन् ।

यसअघि कार्यसमितिको निर्बाचनका लागि परिषद्का संस्थापक तथा निवर्तमान अध्यक्ष सुरेशजङ्ग शाहको अध्यक्षतामा प्रमुख सल्लाहकार डा.राघवप्रसाद धिताल ओबिई,पूर्व अध्यक्षहरू द्वय हरिसिंह थापा, खगेन्द्र नेपाली र सल्लाहकारहरू मदन थापा, विजय थापा र कृष्ण भट्ट रहेको ७ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको थियो । नव निर्बाचित पदाधिकारीहरूको पद शुसोभन तथा प्रमाणपत्र वितरण पछि अर्को कार्यक्रमा गरिने भएको छ ।

यस अघि परिषद्का अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लको अध्यक्षतामा बसेको साधारण सभाले कोषाध्यक्ष मनोज अन्जानद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन र सहअध्यक्ष तथा कार्यवहाक महासचिव डा. सुधा श्रेष्टलद्वारा प्रस्तुत गरिएको वार्षिक प्रगतिप्रतिवेदनहरू माथि बुँदागत छलफल गरी पारित गरेको थियो ।

यसैगरी साधरण सभाले १३औँ कार्यसमितिको कार्यकाल सफल बनाउन परिषद्का हरेक वार्षिक कार्यक्रमहरूमा सक्रियरूपले लागिपर्नु हुने कार्यसमितिका पदाधिकारीहरू, प्रमुख सल्लाहकार तथा सल्लाहकारहरू ,परिषद्का पदेन संरक्षक महामहिम राजदूत तथा नेपाली राजदूतावास परिवार, कवि तथा कलाकारहरू,परिषद्को नेपाल च्याप्टरका पदाधिकारीहरू, कोसेली नेपाली सांस्कृतिक परिवार युकेका संस्थापक अध्यक्ष मदन थापा तथा अन्य कलाकारहरू, सयपत्री सांस्कृतिक परिवार युकेका अध्यक्ष डम्बसिंह प्रयास र पदाधिकारीहरू, पत्रकारहरू र आर्थिक तथा भौतिक सहयोग गर्नुहुने डा.राघवप्रसाद धिताल ओबिई, डा.जनककुमारी धिताल, , खगेन्द्र नेपाली, कृष्ण भट्ट, ध्रुव केसी, घन बहादुर थापा मगर, कृष्णा थापा मगर, हरिसिंह थापा, देवकुमारी थापा, रेशम अर्याल,मनोज अन्जान, गोकुल भण्डारी, ज्ञानेन्द्र राउत,कोहिनूर मल्ल, सीतू खरेल, वाचस्पति रेग्मी,नविन पोख्रेल, शिव भण्डारी, सबैको सहयोगको सराहना गर्दै धन्यवाद प्रस्ताव पारित ग-यो।





Comments

comments

122771