किरात याक्थुङ चुम्लुङ आशफोर्डको अधिबेशन सम्पन्न

सोदिप थोप्रा लिम्बु / एचकेनेपाल डट कम –
आशफोर्ड,युके। प्रत्येक २ बर्षमा अधिबेशन सभाको आयोजना गरि आर्थिक तथा कार्य प्रगतिको जानकारी गराउने एबं नया कार्यसमितिको चयन गर्ने विधानमा व्यवस्था भए बमोजिम किरात याक्थुङ चुम्लुङ आशफोर्ड शाखाले गत ३० अगष्ट २०१४ शनिवारका दिन स्थानीय चर्च हलमा शाखाको तेश्रो अधिबेशन भव्यताका साथ सम्पन्न गरेको छ।

स्मरण रहोस् अब बन्ने नया कार्यसमितिको कार्य अबधि भने ३ बर्षको हुने एबं प्रत्येक ३ बर्षमा अधिबेशन सभाको आयोजना गरिने अहिलेको संशोधित विधानमा व्यवस्था गरिएको छ|

शाखाको अध्यक्ष रै प्रसाद चोङ्बाङ्को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङ युकेका महासचिब छत्र वनेम रहेका थिए। कार्यक्रममा किरात याक्थुङ चुम्लुङ् युकेका सचिब खगेन्द्र लावती , भुतपूर्व अध्यक्षहरु बम लिम्बु, श्री साम्यु, डम्मर सिंगक लगायत आशफोर्डवासी लिम्बुहरुको बाक्लो उपस्थिति रहेको उक्त अधिबेशनको उद्घाटन शाखाको अध्यक्ष र प्रमुख अतिथिले पानसमा बत्ति बालेर संयुक्त रुपमा गरेका थिए।

शाखाका सचिब एबं कार्यक्रम संचालक काजि साम्युले आकस्मिक घटना भई हालेमा अपनाउनु पर्ने तरिकाहरुको बारेमा उपस्थित सम्पूर्णलाई जानकारी गराएका थिए। सभामा सचिब काजी साम्युले शाखाको २ बर्षे गतिविधिको प्रतिबेदन र कोषाध्यक्ष टंक येङ्गदेनले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए। पेश गरिएका दुवै प्रतिबेदनहरुलाई हलमा उपस्थित महानुभावहरुले ताली बजाएर पास गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि वनेमले हाम्रो भाषा, लिपि, संस्कृति, भेषभुषा आदिले नै हामी समस्त लिम्बुहरुलाई एकताको डोरीमा बाँध्ने कुरा प्रष्ट पार्दै हाम्रो पहिचानलाई जोगाइ राख्न चुम्लुङ्ग युकेले भूमिका खेल्ने प्रष्ट पारेका थिए भने भूतपूर्व अध्यक्ष बम लिम्बूले सम्पूर्ण लिम्बूहरू स्वस्फुर्त भएर चुम्लुङ्गलाई सहयोग गर्नु पर्ने र त्यसो भएमा काम गर्नेहरुलाई हौसला मिल्ने प्रष्ट पार्दै पुरानो कार्यसमितिलाई धन्यवाद एबं नयाँ बन्ने कार्यसमितिलाई सफलताको शुभकामना दिएका थिए।

कार्यक्रममा नयाँ सदस्यहरुको दर्ता एबं नबिकरण, सदस्यहरुलाई आर्थिक सहयोग संकलन सम्बन्धि आदि बिषयमा छलफल भएको थियो| अध्यक्ष चोङ्गबाङ्ले आफ्नो कार्यकाल सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण सदस्यहरु , कमिटिका सदस्यहरु एबं सल्लहाकारहरुलाई धन्यवाद दिंदै आफ्नो मातहतमा रहेको समिति भंग भएको घोषणा पश्चात पहिलो चरणको कार्यक्रमको अन्त्य भएको थियो।

नयाँ कार्यसमिति चयनका लागि नियुक्त निर्वाचन आयोगका अध्यक्ष डम्मर सिंगक, उपाध्यक्ष राजेन्द्र खिम्दिङ्ग र सचिब छत्र वनेम रहेको निर्वाचन मण्डलले पूर्ण मादेनको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको थियो। नव गठित कार्यसमितिको उपाध्यक्षमा सोदिप थोप्रा र काजी साम्यु सर्वसम्मतिले निर्वाचित भएका छन् भने सचिब,सहसचिब, कोषाध्यक्ष,सहकोषाध्यक्षमा क्रमश:शिशिर सुब्बा, दिपेन्द्र लिम्बु, टंक येङ्गदेन र सुन्दर लिङ्गथेप निर्वाचित भएका छन्। साँस्कृतिक बिभागतर्फ सकुन्तला नेम्बाङ्ग, निसुमा लिम्बू र गोकुल लिम्बू रहेका छन् भने अन्य सदस्यहरुमा रै बहादुर लिम्बू, बुद्दि जबेगु,मालती लिम्बू,बिमला नेयोङ्ग, शशि ताम्लीङ्ग र नगेन्द्र आङ्गबो रहेका छन्।

त्यसैगरी सल्लहकारहरुमा रै प्रसाद चोङ्गबाङ्ग,दिल बहादुर वनेम,शेर बहादुर साम्यु र होम बहादुर वनेम रहेका छन्|सोही भेलाले खेम मादेन,बिमला नेम्बाङ्ग,गणेश इजम र नरेन्द्र मावोलाई राष्ट्रिय परिषद्को सदस्यमा र अन्य २० जनालाई राष्ट्रिय महाधिवेशन प्रतिनिधिको रुपमा चयन गरेको छ।

निर्वाचन समितिका अध्यक्ष डम्मर सिंगकले नव नियुक्त्त पदाधिकारीहरुलाई खादा लगाई स्वागत गर्नु भए पश्चात सामुहिक रुपमा प्रतिवद्दता जाहेर गर्न लगाएका थिए भने नव गठित कार्यसमितिका तर्फबाट अध्यक्ष मादेनले आफ्नो बुद्दि, विवेक र क्षमताले भ्याए सम्म शाखा समितिलाई संगठित बनाएर समाजको लागि सक्दो काम गर्ने प्रतिबद्दता व्यक्त गरेका थिए।

कार्यक्रमको तेश्रो चरणमा चेसुंग चलचित्रका निर्माता एबं परिकल्पनाकार भीष्मा चेम्जङ्गलाई नव निर्वाचित शाखाका अध्यक्ष पूर्ण मादेनले प्रमाण पत्र सहित खादा ओढाई सम्मान गरे पश्चात चलचित्र चेसुंग प्रदर्शन गरिएको थियो| कार्यक्रम १ बजे शुरु भएर ८ बजे बेलुका समाप्त भएको थियो।





Comments

comments

1228